News Category 2075/06/24
बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान आरम्भ
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान मंगलबारदेखी राजविराजमा सुरू भएको छ ।
अभियानको आरम्भ गर्दै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यावसायी, प्रहरी, गैससकर्मी, तेस्रो लिङ्गी, बाल क्लब, किशोरीहरुले महिला हिंसा, दुव्र्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने बताएका छन् ।
पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेको भन्दै लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको नेतृत्वमा स्थानीय महादेव मन्दिरबाट निकालिएको ¥यालीले नगर परिक्रमा पश्चात सहिद दशन चोकमा कोण सभाको आयोजना गरी अभियानको आरम्भ भएको घोषणा गरेको छ ।
सञ्जालका अध्यक्ष मनोहरकुमार पोखरेलले सप्तरी जिल्लामा नौ महिनाको अवधिमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया बृद्धासमेत ४० जना बलात्कृत भएको तथ्यांक लज्जास्पद भएको भन्दै जिम्मेवारी पन्छाउने भन्दा पनि सबैले जवाफदेहिता लिनुपर्ने बताए ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटा, प्रहरी निरीक्षक सुजाता तुम्वाहाङ्गफे, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुनीता साह, नेपाल पत्रकार महासंघकी प्रदेश समिति सदस्य ललीता साह, अधिवक्ता मनु खनाल, बाल क्लवकी रन्जना चौधरीलगायतले राजनीतिमा भइरहेको चरम अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरी दण्डहीनता अन्त्य गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ