News Category 2075/06/25
व्यवस्थापन नगरिएको भन्दै मिटर रिडरहरु आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्र अन्तरगतका मिटर रिडरहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्युत उपभोक्ताहरु मर्कामा परेका छन् ।
सप्तरी जिल्लाका मिटर रिडरहरु १६ वर्षदेखि निरन्तर काम गर्दा पनि आफूहरुको व्यवस्थापन नगरिएको भन्दै विगत एक सातादेखी आन्दोलित भएका छन् ।
मिटर रिडरहरु आन्दोलित हुँदा विद्युतको मासिक शुल्क बुझाउने उपभोक्ताहरुलाई कठिनाई भएको छ । घरमै गएर मिटर रिडरहरुले मिटर रिडिङ गरि बिल दिने गरेका थिए । तर, अहिले उपभोक्ताहरु आफै मिटरको अंक टिपेर विद्युत प्राधिकरणमा शुल्क बुझाउन बाध्य छन् ।
न्यून ज्यालामा काम गरे पनि व्यवस्थापन नगरिएको र सेवा सुविधावाट समेत बञ्चित गरिएकोले मिटर रिडिङको काम ठप्प पारेर आन्दोलनमा उत्रिन बाध्य भएको प्राधिकरण राजविराजस्थित वितरण केन्द्रका मिटर रिडर अध्यक्ष दुर्गानन्द यादवले बताए ।
यसैगरि नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले मिटर रिडरहरुको माँगहरु बारेमा क्षेत्रिय कार्यालय बिराटनगरबाट प्रक्रिया अघि बढेको जानकारी दिँदै चाडै नै उनीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
लामो समयदेखी मिटर रिडरहरु सोही पदमा ज्यालादारी रुपमा काम गर्दै आएको र उमेरको हदसमेत नाघेकोले अहिले उनीहरु जागिरको सुनिश्चितताको माँग गरेका हुन् ।
प्रदेश २ अन्तर्गत सप्तरीसहित अन्य जिल्लाको वितरण केन्द्रमा मिटर रिडिङको काम असोज १८ गतेदेखि ठप्प रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ