News Category 2075/06/25
राजमार्गमा चालकलाई रिफ्रेस गर्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
चाडपर्वको वेला अत्याधिक हुने दुर्घटना तथा लापर्वाहीलाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधवारदेखि जिल्लाको राजमार्ग सडकखण्डमा चालकलाई रिफ्रेस र सडक सुरक्षा अभियान सुरु गरेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक कार्यालय अगाडी जिल्ला प्रहरी कार्यालयको आयोजनामा सुरु भएको अभियानको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चालकलाई चिया र कफी खुवाएर उद्घाटन गरे ।
अभियानका क्रममा लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई सवारी साधन १० मिनेट पार्किङ्ग गर्न लगाई प्रहरीद्वारा पानी, चिया र कफी खुवाएर रिफ्रेस गराउने गरिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले बताए । अभियान छठ पर्वसम्म सञ्चालन हुने भन्दै प्रहरी प्रमुख विष्टले लामो दुरीको यात्रा तय गरेर आएका चालकलाई पानी चिया र कफी खुवाएर रिफ्रेस गराएपछि सवारी तथा ट्राफिक नियम पालना गर्न पनि प्रहरीद्वारा आग्रह गर्ने गरिएको उनको भनाई छ ।
यस्तै डिएसपी भावेश रिमालले चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले ११ वुदे विशेष सुरक्षा योजना लागु गरेको र यसै अन्तर्गत सडक सुरक्षा योजनाका साथै प्रत्येक नगर र गाउँपालिकामा यात्रु सहायता कक्षको स्थापना, सिमा क्षेत्रमा उच्च सतर्कता, दिवा र रात्री गस्तिमा तिव्रता र शक्तिपिठहरुमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ