News Category 2075/06/26
दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका यूवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार यूवाहरुको दुई समूहबीच भएको दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका एक यूवकको उपचारका क्रममा मृत्यु भएको छ ।
पुरानो रिसइवीलाई लिएर घरेलु हतियार प्रहार गरी गम्भिर घाइते भएका राजविराज १ डुमरी शिवथान निवासी २१ वर्षिय प्रेम यादवको बुधवार साँझ उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानीय तेतरीगाछी चौक नजिकै साँझ ७ बजेतिर एउटा समुहको घरेलु हतियार प्रहारबाट गम्भिर घाईते भएका यादवलाई तत्कालै उपचाकालागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गराइएको थियो । उपचारकै क्रममा विहिवार विहान यादवको मृत्यु भएको सप्तरी प्रहरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।
डिएसपी रिमाललले घटनापछि आक्रमणकारीहरु फरार भएको बताउँदै उनीहरुको खोजी कार्य भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो रिसइवी साध्न हत्या गरिएको खुल्न आएको जानकारी दिँदै हत्यामा संलग्न भएकाहरुको पहिचान भईसकेको र चाँडै पक्राउ पर्ने दावी समेत गरे ।
मृतकका पिता भन्नालाल यादव तत्कालिन नेकपा माओवादी केन्द्रका राजविराज नगर कमिटिका संयोजक थिए । मृतक उनको कान्छो छोरा हुन् ।
यसैबीच प्रदेशसभा सदस्य मनिष कुमार सुमन तथा पूर्व सिँचाई मन्त्री उमेश कुमार यादवले विहिवारै छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत घटनाको घोर निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माँग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ