News Category 2075/06/26
दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका यूवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार यूवाहरुको दुई समूहबीच भएको दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका एक यूवकको उपचारका क्रममा मृत्यु भएको छ ।
पुरानो रिसइवीलाई लिएर घरेलु हतियार प्रहार गरी गम्भिर घाइते भएका राजविराज १ डुमरी शिवथान निवासी २१ वर्षिय प्रेम यादवको बुधवार साँझ उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्थानीय तेतरीगाछी चौक नजिकै साँझ ७ बजेतिर एउटा समुहको घरेलु हतियार प्रहारबाट गम्भिर घाईते भएका यादवलाई तत्कालै उपचाकालागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गराइएको थियो । उपचारकै क्रममा विहिवार विहान यादवको मृत्यु भएको सप्तरी प्रहरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।
डिएसपी रिमाललले घटनापछि आक्रमणकारीहरु फरार भएको बताउँदै उनीहरुको खोजी कार्य भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो रिसइवी साध्न हत्या गरिएको खुल्न आएको जानकारी दिँदै हत्यामा संलग्न भएकाहरुको पहिचान भईसकेको र चाँडै पक्राउ पर्ने दावी समेत गरे ।
मृतकका पिता भन्नालाल यादव तत्कालिन नेकपा माओवादी केन्द्रका राजविराज नगर कमिटिका संयोजक थिए । मृतक उनको कान्छो छोरा हुन् ।
यसैबीच प्रदेशसभा सदस्य मनिष कुमार सुमन तथा पूर्व सिँचाई मन्त्री उमेश कुमार यादवले विहिवारै छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत घटनाको घोर निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माँग गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ