News Category 2075/06/26
अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
राजविराज ५ निवासी बिनोद यादवले आफूमाथी लगाइएको अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी गरेका छन् ।
यादवले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ७ निवासी सुखराम यादवले छोराको अपहरण गरेको आरोपलाई झ्ठो भन्दै चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाए ।
सोही पत्रकार सम्मेलनमा यादवले सोमबार राति सुखराम यादव लगायत अन्य पाँच ६ जनाले आफूहलाई निर्घात कुटपिट गरेको जानकारी दिएका छन् । उनले सुखरामका छोरा जैनेन्द्रले चलाएको टाटा सुमोले आफूहरु चढेको गाडीको सिसा फुटाएर भागेको र सो सुमोलाई पिछा गर्दै सुखरामको घरमा गएपछि सम्झाउन मात्र खोज्दा सबै मिलेर कुटपिट गरेको आरोप लगाए ।
वि आर–११ पिवि १९३३ नम्वरको स्कार्पियो गाडीमा सबार भई आफू राजविराजतर्फ आउँदै गर्दा जैनेन्द्रले चलाइरहेको को. १ ज ७५७३ नम्वरको गाडीले आफ्नो गाडीको लुकिङ् ग्लास फोड्दै तिब्र गतिमा भागेकाले पछ्याएको बिनोदको भनाई छ ।
उनले आफूलाई पिटिरहँदा प्रहरीको टोली पनि पुगेको र प्रहरीले आफूलाई सुरक्षा दिएर बचाएको बताए । उनले आफू न्यायका लागि कानुनको सहारा लिने र यसमा सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ