News Category 2075/06/26
अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी
दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
राजविराज ५ निवासी बिनोद यादवले आफूमाथी लगाइएको अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी गरेका छन् ।
यादवले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ७ निवासी सुखराम यादवले छोराको अपहरण गरेको आरोपलाई झ्ठो भन्दै चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाए ।
सोही पत्रकार सम्मेलनमा यादवले सोमबार राति सुखराम यादव लगायत अन्य पाँच ६ जनाले आफूहलाई निर्घात कुटपिट गरेको जानकारी दिएका छन् । उनले सुखरामका छोरा जैनेन्द्रले चलाएको टाटा सुमोले आफूहरु चढेको गाडीको सिसा फुटाएर भागेको र सो सुमोलाई पिछा गर्दै सुखरामको घरमा गएपछि सम्झाउन मात्र खोज्दा सबै मिलेर कुटपिट गरेको आरोप लगाए ।
वि आर–११ पिवि १९३३ नम्वरको स्कार्पियो गाडीमा सबार भई आफू राजविराजतर्फ आउँदै गर्दा जैनेन्द्रले चलाइरहेको को. १ ज ७५७३ नम्वरको गाडीले आफ्नो गाडीको लुकिङ् ग्लास फोड्दै तिब्र गतिमा भागेकाले पछ्याएको बिनोदको भनाई छ ।
उनले आफूलाई पिटिरहँदा प्रहरीको टोली पनि पुगेको र प्रहरीले आफूलाई सुरक्षा दिएर बचाएको बताए । उनले आफू न्यायका लागि कानुनको सहारा लिने र यसमा सहयोग गरिदिन सबैसँग आग्रह समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ