News Category 2075/06/29
आत्मरक्षा तथा चेतावनी स्वरुप प्रतिकार गर्दा प्रेमको मृत्यु ः यूवा मोर्चा
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
मधेशी यूवा मोर्चाले राजविराज वडा नं. १ का प्रेम यादवको हत्या भएको सन्दर्भमा आइतबार एक विज्ञप्ति जारि गर्दै मोर्चाका कार्यकर्ताहरु आत्मरक्षा तथा चेतावनी स्वरुप प्रतिकार गर्दा मृत्यु भएको दाबी गरेको छ ।
मोर्चाका संयोजक जयकान्त सिंहले विज्ञप्ति जारि गर्दै भनेको छ, “प्रेम यादव, महेश यादव, अर्मान, सुनिल यादव, मनोज यादव, बिनोद यादव जस्ता समूहले सर्वसाधारण जनता तथा चेलीबेटीलाई छेरखानीको घटनाहरु हाम्रो मोर्चा समक्ष आउँदा हाम्रो समूहले बराम्बार चेतावनी दिँदा उल्टै हाम्रो मोर्चाका कार्यकर्तामाथी भाला, फर्सा, तलवार जस्ता घरेलु हातहतियार लिई आक्रमण गर्ने प्रयास गर्दा हाम्रो मोर्चा कार्यकर्ताहरु आत्मरक्षा तथा चेतावनी स्वरुप प्रतिकार गर्दा घाइते भई उपचारको क्रममा प्रेम यादवको मृत्यु भएको हो ।”
विज्ञप्तिमा मृतक परिवारमाथी मोर्चा गहिरो दुःख प्रकट गर्दै अगाडी भनिएको छ, “यस्ता क्रियाकलाप गर्ने समूहहरु अझै सतर्क नभए पुनः मोर्चाले यो भन्दा कडा कारवाही समेत गर्ने चेतावनी दिने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण संचारकर्मी तथा सर्वसाधारण समक्ष जानकारी गराउन चाहन्छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ