News Category 2075/07/04
महिलाको विभत्स हत्या
राजबिराज÷सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा महिलाको हत्या भएको छ । दशैंको टिकाको दिन प्रहरी कार्यालय नजिकै भएको उक्त घटनाले स्थानियलाई आश्चर्यचकित पार्नुका साथै प्रहरीलाई सुरक्षाको चुनौती समेत थपेको छ ।
राजविराज ६ स्थित जिल्ला प्रहरी कार्यालयको दक्षिणपट्टी टाँसिएको सो घरमा वस्दै आएकी ४२ वर्षिया आशा देवको अज्ञात ब्यक्तिवाट हत्या गरिएको प्रहरीले जनाएको छ । शुक्रवार विहान छिमेकीहरु घर जँदा उनी ओछ्यानमै मृत भेटिएको प्रहरीको भनाई छ ।
देवको टाउको र आँखामा इटा र लोहोरोले प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरिक्षक सुजाता तुम्वाहाम्फेले वताउँदै थप अनुसन्धान भईरहेको जानकाी दिइन् ।
यता हत्यामा प्रयोग गरिएका इटा र लोहोरो रगत लागेकै अवस्थामा घट्नास्थलमा फेला परेको छ । प्रहरीले देवको हत्या राती १२ वजेदेखि ४ वजेसम्मको विचमा हुन सक्ने अनुमान गरेको छ । विहान सवेरै उठने देव ८ वजेसम्म नउठेपछि छिमेकीले उनको कोठामा हेर्दा रगताम्मे अवस्थामा ओछ्यानमै उनको शव फेला पारेका थिए ।
१८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको सन्तान छैनन् । उनी घरमा एक्लै वस्दै आएकी थिईन । भतिज निरजका अनुसार आशाकी आमा दुर्गाको ७ दिनअघि मात्र निधन भएको थियो । देव वस्ने कोठा र आगनमा समेत रगतको टाटा देखिएकाले हत्यापुर्व आक्रमणकारीसँग निकै संघर्ष भएको हुन सक्ने र घटनामा एकभन्दा वढिको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।
देवको शव शुक्रवारै पोष्टमार्टमका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ