News Category 2075/07/07
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
.jpg)
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
बस दुर्घटना भएको एक वर्ष बितिसक्दा समेत सो दुर्घटनामा परि ज्यान गुमाएका परिवारले हालसम्म बस संचालक तथा राज्यतर्फबाट क्षतिपूर्तीका लागि कुनै पहल नभएको गुनासो गरेका छन् ।
गत वर्ष कात्तिक ११ गते राजविराजबाट काठमाडौंका लागि हिडेको ना. ६ ख. १४६७ नम्बरको सन्देश ट्राभल्स नामक रात्री बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको ज्यान गएको थियो ।
सो दुर्घटनामा परि ज्यान गुमाएका परिवारजनले मंगलबार राजविराजमा पत्रकार सम्मेलन मार्फत गुनासो गर्दै क्षतिपूर्ती नपाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारजनका तर्फबाट सप्तरीका बोदेबरसाईन नगरपालिका ७ निवासी चतुरनारायण प्रमाणिले उक्त दुर्घटनामा आफ्ना चार छोरीको ज्यान गएको स्मरण गर्दै हालसम्म बस संचालकले बिमा वापतको कुनै रकम वा किरिया खर्च समेत नदिएको दुखेसो पोखे । एक वर्षको अवधी संघीय सरकार, प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय धादिङ लगायत सम्पूर्ण सम्बन्धीत निकायमा क्षतिपूर्ती बारे ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको जानकारी दिए ।
सप्तरीको रुपनी गाउँपालिका कटैया निवासी शुसिल मुँखीयाकी श्रीमती सविना तुलाधर मुँखीयाको नाउँमा उक्त बस रहेको भन्दै धादिङ प्रहरी सविनालाई थुनामा राखे पनि सर्वोच्च अदालतको फैसलाबाट कुनै क्षतिपूर्ती बिना नै उनी रिहा भएकोप्रति कानुनी प्रक्रियाप्रति बिरोध समेत जनाए ।
जिल्ला अदालत धादिङले २०७४ पुस ३ गते पीडितहरुको हकमा फैसला गर्दै दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिका परिवारजनलाई १ करोड ७५ लाख क्षतिपूर्ती उपलब्ध गराउने आदेशलाई सर्वोच्च अदालतले एकै साथ ठूलो रकम माँग गर्न नमिल्ने भन्दै आदेश दिएपछि आफूहरु अन्यौलमा परेको बताए ।
सोही पत्रकार सम्मेलनमा राजविराज नगरपालिका ९ का पुरुषेत्तम देवले दुर्घटनामा छोरा गुमाउनु परेको पीडा सुनाउँदै सम्बन्धीत पक्षलाई क्षतिपुर्तीका लागि गम्भिर हुनुपर्ने सुझाव दिए । उनले यात्रुहरुको विमा वापतको रकम मात्र उपलब्ध हुनु पर्ने माँग गरे ।
सोही पत्रकार सम्मेलनमा सम्पूर्ण पीडित परिवारले सम्बन्धीत निकायले क्षतिपूर्ती उपलब्ध गराउने बारे कुनै पहल नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सो दुर्घटनामा मृत्यु भएका ३१ जना मध्ये २४ जना सप्तरीकै थिए । दुर्घटनामा ज्यान गुमाएका तिलाठीस्थित झा परिवारका चार जना, राजविराजका सेनामा कार्यरत ऋषिदेव तथा बादेबसाईन नगरपालिका परमाणी परिवारका चार जना छोरीहरु समेत रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ