News Category 2075/07/07
एक वर्ष बितिसक्दा समेत बस दुर्घटनामा ज्यान गुमाएका परिवारले पाएनन् क्षतिपूर्ती, चाडै क्षतिपूर्ती उपलब्ध नभए आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ६ कात्तिक ।
बस दुर्घटना भएको एक वर्ष बितिसक्दा समेत सो दुर्घटनामा परि ज्यान गुमाएका परिवारले हालसम्म बस संचालक तथा राज्यतर्फबाट क्षतिपूर्तीका लागि कुनै पहल नभएको गुनासो गरेका छन् ।
गत वर्ष कात्तिक ११ गते राजविराजबाट काठमाडौंका लागि हिडेको ना. ६ ख. १४६७ नम्बरको सन्देश ट्राभल्स नामक रात्री बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खस्दा त्यसमा सवार करिब ५० यात्रु मध्येबाट ३१ जनाको ज्यान गएको थियो ।
सो दुर्घटनामा परि ज्यान गुमाएका परिवारजनले मंगलबार राजविराजमा पत्रकार सम्मेलन मार्फत गुनासो गर्दै क्षतिपूर्ती नपाए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारजनका तर्फबाट सप्तरीका बोदेबरसाईन नगरपालिका ७ निवासी चतुरनारायण प्रमाणिले उक्त दुर्घटनामा आफ्ना चार छोरीको ज्यान गएको स्मरण गर्दै हालसम्म बस संचालकले बिमा वापतको कुनै रकम वा किरिया खर्च समेत नदिएको दुखेसो पोखे । एक वर्षको अवधी संघीय सरकार, प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालय धादिङ लगायत सम्पूर्ण सम्बन्धीत निकायमा क्षतिपूर्ती बारे ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको जानकारी दिए ।
सप्तरीको रुपनी गाउँपालिका कटैया निवासी शुसिल मुँखीयाकी श्रीमती सविना तुलाधर मुँखीयाको नाउँमा उक्त बस रहेको भन्दै धादिङ प्रहरी सविनालाई थुनामा राखे पनि सर्वोच्च अदालतको फैसलाबाट कुनै क्षतिपूर्ती बिना नै उनी रिहा भएकोप्रति कानुनी प्रक्रियाप्रति बिरोध समेत जनाए ।
जिल्ला अदालत धादिङले २०७४ पुस ३ गते पीडितहरुको हकमा फैसला गर्दै दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिका परिवारजनलाई १ करोड ७५ लाख क्षतिपूर्ती उपलब्ध गराउने आदेशलाई सर्वोच्च अदालतले एकै साथ ठूलो रकम माँग गर्न नमिल्ने भन्दै आदेश दिएपछि आफूहरु अन्यौलमा परेको बताए ।
सोही पत्रकार सम्मेलनमा राजविराज नगरपालिका ९ का पुरुषेत्तम देवले दुर्घटनामा छोरा गुमाउनु परेको पीडा सुनाउँदै सम्बन्धीत पक्षलाई क्षतिपुर्तीका लागि गम्भिर हुनुपर्ने सुझाव दिए । उनले यात्रुहरुको विमा वापतको रकम मात्र उपलब्ध हुनु पर्ने माँग गरे ।
सोही पत्रकार सम्मेलनमा सम्पूर्ण पीडित परिवारले सम्बन्धीत निकायले क्षतिपूर्ती उपलब्ध गराउने बारे कुनै पहल नगरे सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
सो दुर्घटनामा मृत्यु भएका ३१ जना मध्ये २४ जना सप्तरीकै थिए । दुर्घटनामा ज्यान गुमाएका तिलाठीस्थित झा परिवारका चार जना, राजविराजका सेनामा कार्यरत ऋषिदेव तथा बादेबसाईन नगरपालिका परमाणी परिवारका चार जना छोरीहरु समेत रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ