News Category 2075/07/07
नागरिक र प्रहरी बिचको सम्बन्धलाई थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दिनेश अमात्यले जनता मैत्री प्रहरी सेवा दिन नागरिक र प्रहरी बिचको सम्बन्धलाई थपसुमधुर बनाउनुपर्ने बताएका छन् ।
सप्तरीको बोदेबसाईन नगरपालिका ८ काचनस्थित नवनिर्मित प्रहरी भवनको बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताउँदै प्रहरी जनता मैत्री बन्न हरसम्भव प्रतिबद्ध रहेको जिकिर गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल जनताको सहभागिता बिना प्रहरीको सेवा असम्भव रहेकोले जनतासँग प्रहरी काँधमा काँध मिलाएर अपराधलाई निरूसाहित गर्नुपर्नेमा जोड दिए ।
यस्तै सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले सुरक्षा बिना बिकास सम्भव नरहेको जस्तै जनताको सहयोग बिना शान्ति सुरक्षा दिन नसकिने उल्लेख गर्दै शान्ति सुरक्षाका बिषयलाई सहज बनाउन स्थानिय निकायको सहयोग आबश्यक रहेको बताए । अबैध मदिरा, अबैध गाजा बोट जस्ता समाजका किरालाई नियन्त्रण गर्न स्थानिय सरकार सक्रिय हुनु जरूरी पर्ने उनले जिकिर गरे ।
सो अवसरमा पूर्वमन्त्री तथा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले जनतालाई अनुभूति गराउने निकाय प्रहरी रहेकोले जनतालाई सहज रुपमा सेवा दिनुपर्ने सुझाव दिए । उनले बादेबरसाईन नगरपालिका बिकट नगरपालिका मध्ये एक भएकोले ४३ को प्रयासपछि काचनमा प्रहरी चौकी स्थापना हुन सफल भएको उल्लेख गरे ।
यस्तै बोदेबरसाईन नगरपालिका प्रमुख आतेश कुमार सिंहले धेरै दिनको प्रयासपछि प्रहरी भवन निर्माण भएको बताउँदै ईलाका ठूलो भएकोले प्रहरीको सेवालाई सहज बनाउन नयाँ सवारीसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष जितेन्द्र खड्गा, नागरिक समाजका थानसिंह भंसाल, वडा नम्वर ८ का अध्यक्ष लक्ष्मी साह लगायतले शान्ती सुरक्षालाई थप मजबुत बनाउन प्रहरी अझ सक्रिय हुनुपर्नेमा जोड समेत दिए ।
नवनिर्मित ४ कोठे प्रहरी भवन बोदेबरसाईन नगरपालिकाको सहयोग तथा ३५ लाखको लगानीमा निर्माण गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ