News Category 2075/07/09
कंचनरुपमा ज्वरोका कारण दुई दिनमा दुई बालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा ज्वरो तथा शंकास्पद रोगबाट दुई दिनमा दुई बालकको ज्यान गएको छ ।
कञ्चनरुप नगरपालिका वडा नं. ७ का ६ बर्षिया कृषजंग कटुवाल र वडा नं. ५ का १३ वर्षिय कृष्ण सदाको मृत्यु भएको हो ।
कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
मृतक दुवै बालकलाई ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने गरेको थियो ।
यसअघि गत महिनासम्म सो क्षेत्रमा भाइरल ज्वरोका कारण नगरवासी त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण दुई जना बालकको मृत्यु भएको थियो ।
यता थप घटना हुन नदिन कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सबिन राज ढकालले प्रदेश २ का समाजिक विकास मन्त्रालय, माहामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई मृत्यु भएका बालकहरुबारे आवश्यक अनुसन्धान गरी थप घटना हुन नदिन आवश्यक व्यवस्था गर्न सहयोगका लागि अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ