News Category 2075/07/11
तीन बालकसहित पाँचको मृत्यु
राजविराज÷सप्तरीमा एक सातामा विभिन्न घटना, दुर्घटना तथा अज्ञात रोगका कारण तीन बालबालिकाका साथै पाँच जनाको मृत्यु भएको छ । जसमा दुई बालकको अज्ञात रोगका कारण र एक बालकसहित अन्य दुई जनाको विभिन्न दुर्घटनामा मृत्यु भएको छ ।
पछिल्लो घटना क्रम अनुसार जिल्लाको सप्तरी रुपनी गाउँपालिका २ स्थित राजबिराज रुपनी सडकमा शुक्रबार स्कुल बसको ठक्करबाट स्थानिय गुनान्दन यादवका ६ वर्षीय छोरा शिवमकुमार यादवको मृत्यु भएको छ ।
पाँच किलोमा ना.३ ख ७३९० नम्बरको कंकालिनि एकेडेमीको बसले ठक्कर दिँएपछि गम्भिर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको कञ्चनरुप नगरपालिकामा अज्ञात रोगका कारण दुई बालकको अकालमै ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नं. ७ का ६ बर्षिया कृषजंग कटुवाल र वडा नं. ५ का १३ वर्षिय कृष्ण सदाको ज्यान गएको हो ।
कटुवालको कात्तिक ६ गते र सदाको कात्तिक ७ गते मृत्यु भएको थियो । मृतक दुवै बालकलाई ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने गरेको थियो । हालसम्म ती बालकहरुको मृत्यु कुन रोगका कारण भएको भन्ने पत्ता लाग्न सकेको छैन् ।
यसअघि गत महिनासम्म सो क्षेत्रमा भाइरल ज्वरोका कारण नगरवासी त्रसित भएका थिए । भाइरल ज्वरोकै कारण दुई जना बालकको मृत्यु भएको थियो ।
यसैबीच कञ्चनरुप नगरपालिकाले प्रदेश २ का समाजिक विकास मन्त्रालय, माहामारी तथा सरुवारोग नियन्त्रण महाशाखा टेकु र जिल्ला जनस्वास्थ्य कार्यालय राजविराजलाई मृत्यु भएका बालकहरुबारे आवश्यक अनुसन्धान गरी थप घटना हुन नदिन आवश्यक व्यवस्था गर्न सहयोगका लागि अनुरोध समेत गरेको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालि ७ देवधारस्थित सडक खण्डमा सोमबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा बसका सहचालकको ज्यान गएको छ ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट ६ मिटर उत्तर तल खस्दा बसका सहचालक काभ्रे जिल्ला निवासी ४५ वर्षिय दिपक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका राईलाई उपचारका लागि सप्तरिषि अस्पताल लाहानमा उपचारका क्रममा मृत्यु भएको हो । सो दुर्घटनामा घाइते भएका बसका यात्रुहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि जिल्लको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ मा माइक्रो बसको ठक्करबाट स्थानीय ६५ वर्षिय अन्दुलाल चौधरीको मृत्यु भएको छ ।
विराटनगरवाट काठमाडौं तर्फ तिब्र गतिमा जाँदै गरेको वा ५ ख १४५१ नम्बरको माईक्रो बसले अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा चौधरीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ