News Category 2075/07/12
महिला हत्यामा संलग्न चार पक्राउ
.jpg)
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
दशैंको टिकाको दिन सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा भएको महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ६ निवासी आशादेवी देवको हत्यामा संलग्न रहेको भन्दै दुई पुरुष र दुई महिलालाई सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुमा राजविराज ६ बस्ने ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साह रहेका छन् ।
पक्राउ परेका चारै जना हत्या गरिएका देवका छिमेकी हुन् । ती मध्ये शंकर र सुरज राजविराज नगरपालिकाको स्विपर पदमा कार्यरत कर्मचारी हुन् ।
आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले हत्या व्यक्तिगत रिसिइबीका कारण भएको दाबी गर्दैै हत्यामा संलग्न रहेकाहरुले मृतक देवको अनुहारमा ईटा प्रहार गरि हत्या गरेको जानकारी दिए । अनुसन्धानका क्रममा देवको हत्यामा छिमेकी शंकर र सुरजको प्रत्यक्ष संलग्नता रहेको तथा चनरदेवी र मुन्नीदेवीले सघाएको प्रहरी उपरिक्षक विष्टको भनाई छ ।
प्रहरीले घटनास्थलमा वरामद रगतले लत्पतिको इटा र मृतकको मोवाईवाट अनुसन्धान सुरु गरेको थियो । हत्याको भोलीपल्ट मृतक देवको घरमा लागेको स्थानीयको भिडमा ती चारै जना पनि सहभागि थिए । प्रहरीले चाल नपाएको भन्दै ढुक्क भएका उनीहरु खुल्ला रुपले जिवन यापन गरिरहेका थिए । तर, प्रहरीले मृतकको घरवाट वरामद गरेको देवको मोवाईलको कल डिटेलको सुक्ष्म अनुसन्धान गर्दै जाँदा अपराधि पक्राउ गर्न सफल भएको डिएसपी भावेश रिमालले वताए ।
पक्राउ परेका चारै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक विष्टले बताए । १८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको कुनै सन्तान छैन भने उनी घरमा एक्लै वस्दै आएकी थिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ