News Category 2075/07/12
महिला हत्यामा संलग्न चार पक्राउ
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
दशैंको टिकाको दिन सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा भएको महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ६ निवासी आशादेवी देवको हत्यामा संलग्न रहेको भन्दै दुई पुरुष र दुई महिलालाई सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुमा राजविराज ६ बस्ने ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साह रहेका छन् ।
पक्राउ परेका चारै जना हत्या गरिएका देवका छिमेकी हुन् । ती मध्ये शंकर र सुरज राजविराज नगरपालिकाको स्विपर पदमा कार्यरत कर्मचारी हुन् ।
आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले हत्या व्यक्तिगत रिसिइबीका कारण भएको दाबी गर्दैै हत्यामा संलग्न रहेकाहरुले मृतक देवको अनुहारमा ईटा प्रहार गरि हत्या गरेको जानकारी दिए । अनुसन्धानका क्रममा देवको हत्यामा छिमेकी शंकर र सुरजको प्रत्यक्ष संलग्नता रहेको तथा चनरदेवी र मुन्नीदेवीले सघाएको प्रहरी उपरिक्षक विष्टको भनाई छ ।
प्रहरीले घटनास्थलमा वरामद रगतले लत्पतिको इटा र मृतकको मोवाईवाट अनुसन्धान सुरु गरेको थियो । हत्याको भोलीपल्ट मृतक देवको घरमा लागेको स्थानीयको भिडमा ती चारै जना पनि सहभागि थिए । प्रहरीले चाल नपाएको भन्दै ढुक्क भएका उनीहरु खुल्ला रुपले जिवन यापन गरिरहेका थिए । तर, प्रहरीले मृतकको घरवाट वरामद गरेको देवको मोवाईलको कल डिटेलको सुक्ष्म अनुसन्धान गर्दै जाँदा अपराधि पक्राउ गर्न सफल भएको डिएसपी भावेश रिमालले वताए ।
पक्राउ परेका चारै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक विष्टले बताए । १८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको कुनै सन्तान छैन भने उनी घरमा एक्लै वस्दै आएकी थिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ