News Category 2075/07/13
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग
.jpg)
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
राजविराज ६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा भएको आशादेवी देवको हत्या र सो हत्या सम्बन्धमा प्रहरीले हिरासतमा लिई विक्कि मेहतरलाई यातना दिएको बिरोधमा मंगलबार राजविराजमा प्रदर्शन गरिएको छ ।
राजविराज ६ निवासी आशादेवी देवको हत्यामा संलग्न रहेको भन्दै सप्तरी प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको भोली पल्टै सो हत्या र प्रहरीले यातना दिएको विषयमा उच्च स्तरिय छानविन समिति गठन गर्न माँग गर्दै प्रदर्शन गरिएको हो ।
मधेशी महिला वकालत मंच नेपाल, महिला अधिकार मंच सप्तरी र नेपाल राउत मेहतर उत्थान समाज सप्तरीले संयुक्त रुपमा दबाबमूलक ¥याली निकाल्दै एसपी, डिएसपी र इन्स्पेक्टरलाई कारवाहीको माँग समेत गरेको छ ।
यता मेहतर समाजका अध्यक्ष मनोज मेहतरले प्रहरीले विक्कि यादवलाई हिरासतमा लिई देवको हत्याको जिम्मेवारी लिन चरम यातना दिएको आरोप लगाए ।
यसअघि प्रहरीले देव हत्यामा संलग्नता रहेको भन्दै राजविराज ६ बस्ने ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साहलाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार हत्या व्यक्तिगत रिसिइबीका कारण भएको दाबी गर्दैै हत्यामा संलग्न रहेकाहरुले मृतक देवको अनुहारमा ईटा प्रहार गरि हत्या गरेको जानकारी दिए ।
१८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको गत कात्तिक २ गते दशैंको टिकाको दिन आफ्नै निवासमा हत्या भएको थियो । उनको कुनै सन्तान छैन भने उनी घरमा एक्लै वस्दै आएकी थिईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ