News Category 2075/07/20
गुडिरहेको सरकारी मोटरसाइकलमा आगलागि
दैनिक समाचारदता
राजविराज, २० कात्तिक ।
सप्तरी सदरमुकाम राजविराज ८ स्थित रुपनी सडक खण्डमा मंगलबार दिउँसो ४ बजे गुडिरहेको एक सरकारी मोटरसाइकलमा अचानक आगलागि भएको छ ।
जिल्लाको विष्णुपुर गाउँपालिकाको नाममा रहेको स.१.ब. ८८२ नम्बरको मोटरसाइकल गुडिरहँदा आफै आगलागि भएको प्रत्यक्षदर्शीले बताएका छन् । ६ महिना अघि मात्र खरीद गरिएको सो मोटरसाइकल गाउँपालिकाका कार्यकारी अधिकृत रंजितजंग अधिकारीले प्रयोग गर्दै आइरहेका थिए ।

राजविराज ९ मलेठस्थित गिता पेट्रोल पम्पबाट १० लिटर पेट्रोल मोटरसाइकलमा हालेर पुनः फर्कदै गर्दा अचानक आगलागि भएपछि मोटरसाइकलमा सवार दुईजनाले हामफालेर ज्यान जोगाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागिको सूचना पाउने वित्तिकै घटनास्थलमा आएको राजविराज नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणमा लिए पनि आगलागिबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
यसै क्रममा मोटरसाइकल चलाइरहेका सोही गाउँपालिका बमभोली यादवलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यता आगलागि कसरी भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मोटरसाइकलको वायरिङ सर्ट भएर आगलागि हुन सक्ने स्थानियहरुले अनुमान गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ