News Category 2075/07/25
संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी प्रदेश सरकारकै काँधमा ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
प्रदेश नं. २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी प्रदेश सरकारकै काँधमा आएको वताएका छन ।
संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वारी नगरपालिकाद्वारा सप्तरीको पथरगाढामा छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा चियापान समारोहलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मधेश विद्रोह र विभिन्न आन्दोलनको बलमा प्राप्त संघीयतालाई असफल पार्ने षडयन्त्र भईरहेको वताउदै संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिती सदस्य समेत रहेका मन्त्री साहले संघियता विरोधी शक्तीको प्रतिकार गर्दै संघीयता कार्यान्वयन गर्ने जिम्वारी प्रदेश सरकारको काँधमा आएको बताए ।
उनले जनादेशको कदर गर्दै प्रदेश सरकारले कर्मचारी नियूक्त गर्न करार ऐन ल्याउने तयारी गरेको भन्दै ऐनले हजारौ मधेशी यूवाले रोजगारी पाउनुको साथै प्रदेशको विकास, समृद्धि र सुशासनमा समेत टेवा पुग्ने जिकिर गरे ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले फोरम नेपाल विभेद, उत्पीडन र अन्याएमा परेको जनताको अधिकारका निम्ती संर्घष गर्ने पार्टी रहेको वताए । उनले फोरम नेपाल मात्र नेकपाको वैकल्पीक शक्ती भएकोले पार्टीको नीति सिद्धान्त र अवधाराणालाई आत्मासाथ गर्दै अगाडी बढ्न नेताकार्यकर्तालाई आग्रह समेत गरे ।
संघीय समाजवादी फोरम नेपाल डाक्नेश्वरी नगरपालिकाका नगर संयोजक वेचु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सचिव केदार प्रसाद यादव, सह सचिव वृजमान तामाङ, कोषध्यक्ष अरमेन्द्र कुमार यादव, जिल्ला सदस्यहरु मिरम कुमारी यादव, नमनित झा, चुलाही मण्डल, उमेश कुमार यादव, स्थानीय नेताहरु चित्तरन्जन यादव, जय लाल यादव, वद्री यादव लगायतकाले शुभकामाना मनतव्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ