News Category 2075/07/25
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
नेकपा सप्तरीले बिजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
राजविराजस्थित जिल्ला पार्टी कार्यालय मदननगरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपाका प्रदेश नं. २ इन्चार्ज सत्यनारायण मण्डलले राजनीतिक दलहरुबीच मेलमिलाप र एकता आवश्यक रहेको बताएका छन् ।
पूर्व केन्द्रिय खेलकुद मन्त्री समेत रहेका इन्चार्ज मण्डलले सबै दल मिलेर ल्याएको परिवर्तनलाई संस्थागत बनाउन सम्पूर्ण दलरुबीच राजनैतिक एकता रहेमात्र सुखी नेपाली र समृद्ध नेपालको यात्रा सहज हुने जिकिर गरे ।
यस्तै कार्यक्रममा प्रदेश सचिव सुमनराज प्याकुरेलले विकासमा पछाडी परेको तराईको दक्षिण क्षेत्रका प्रत्येक गाउँपालिकाका लागि सरकारले दुई करोडको बजेटसहितको स्पेशल प्याकेज छुट्याएको जानकारी दिँदै विकासको नयाँ लहर ल्याउन जनता जागरुक हुनु पर्नेमा जोड दिए ।
.jpg)
प्रदेश सभा सदस्य तथा राजपाका नेता नेत्रविक्रम साहले दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकारले मधेस र प्रदेश नं. २ का लागि काम गर्ने विश्वास व्यक्त गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सुरक्षा विना विकास तथा विकास र समृद्धि विना सुरक्षित वातावरणको सम्भावना नरहेको भन्दै देश र जनताका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका सभापति दिनेश यादवले बहुदलिय व्यवस्थामा प्रतिपक्षको भूमिकालाई सत्तापक्षले महत्व दिनुपर्ने भन्दै राणा शासन र पञ्चायतकालदेखि संघीय लोकतन्त्र प्राप्तीको हरेक संघर्षमा साथै रहेकोले मुलुकको समृद्धि र विकासमा पनि सँगै रहने बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका सहइन्चार्ज विश्वनाथ साह, पूर्व मन्त्री उमेश यादव, नेकपाका केन्द्रिय सदस्य अशोक कुमार मण्डल, प्रतिनिधि सभा सदस्य सरिता गिरी, पूर्व सभासद ताराकान्त चौधरी, राजविराज नगरपालिका प्रमुख शम्भु यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
आयोजित चियापानमा नेकपा, नेपाली काँगे्रस, राजपाका नेताहरु, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक, प्राध्यापक, कानुन व्यावसायी, पत्रकारहरुको चियापानमा सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ