News Category 2075/07/27
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले महाधिवेशन प्रयोजनका लागि गठन गरेको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यहरुले राजिनामा दिएका छन् ।
सो पार्टीका १४ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीका जिल्ला संयोजक रामप्रित यादवले महाधिवेशन प्रयोजनका लागि सदस्यता बिस्तार गर्न प्रतिनिधि सभाको चार वटै क्षेत्रमा सात सदस्यीय समिति गठन गर्ने निर्णय दुशित मन्साय तथा केन्द्रको निर्देशन विपरीत गरेको आरोप लगाइएको छ ।
पार्टीको केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला पदाधिकारी, निर्वाचित पदाधिकारी लगायत आन्दोलनकारीको सो निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै राजिनामा दिइएको विज्ञप्तिमा उल्लेख छ ।
यसरी गठित समितिबाट राजिनामा दिनेहरुमा समिति सदस्यहरु शम्भु प्रसाद यादव (मेयर), शैलेश कुमार साह (मेयर), विशेश्वर रजक, पुनम कुमारी यादव, उपेन्द्र प्रसाद साह, बिजय कुमार यादव, श्याम सरदार, दिनेश कुमार यादव, माधव चौधरी, ननु चौधरी कलवार, अमरेन्द्र यादव, अनुगमन समिति सदस्यहरु गजेन्द्र कुमार मण्डल, जिशमुल खाँ र हरि मण्डल रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ