News Category 2075/07/28
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
धार्मिक सहिषुणता र आपसी सुद्भावका लागि प्रसिद्ध लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ ।
ब्रतालुहरुले बुधबार बिहान उदाउँदै सूर्यलाई अर्घ दिएपछि चार दिने पर्व सम्पन्न भएको हो ।
यसअघि मंगलबार साँझ षष्ठी तिथिका दिन ब्रतालुहरुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।
यसअघि आइतबार पर्वको पहिलो दिन नुहाई खुवाई, सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर तेश्रो र चौथो दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिए । खरनाकै दिनदेखी ब्रतालुहरुले निराहार ब्रत थालेका हुन् ।
सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुःख, शान्ति, समृद्धि र दिर्घायुको कामना गरे । यस अवसरमा सदरमुकाम राजविराजस्थित भगवती पोखरी, खर्साल पोखरी, कल्टु पोखरी, तुरन्ती पोखरी, पूर्णी पोखरी लगायतका जलाशय किनारमा दुई हजार भन्दा बढी पूजाघाट बनाइएको थियो ।
यस्तै सप्तकोशी ब्यारेजको पूर्वपट्टी नहर किनारमा झण्डै एक हजार बढी छठघाटमा ब्रतालुले सूर्यलाई अर्घ दिए । त्यहाँ सप्तरी, सुनसरीसहित भारत बिहारको सुपौल, अररिया, सहरसा र पूर्णिया लगायतका स्थानहरुबाट समेत ब्रतालुहरु आएर छठ पूर्जा गरे ।
सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ