News Category 2075/08/02
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरी जिल्ला अदालत राजविराजले विभिन्न मुद्दामा हाल सम्म २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ ।
जिल्ला अदालत राजविराजले आइतबार फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रम आयोजना गरि सो जानकारी दिएको हो ।
अदालतका श्रेस्तेदार दिल कुमार वर्देवा घोषणा कार्यक्रममा आ.ब. २०७५÷७६ सम्ममा २ लाख ५ हजार १ सय ८१ रुँपैया ७५ पैसा जरिवाना फर्छौैट भएको बताउँदै ४ करोड ७६ लाख १२ हजार ९ सय ५८ रुँपैया ६२ पैसा जरिवाना बाँकी रहेको जानकारी दिए ।
त्यस्तै सोही आ.ब.मा कैद लगत २ हजार ६ सय ६३ बर्ष २ महिना ७ दिन रहेको तथा १ सय ५० बर्ष १२ दिन फर्छौट भएको जानकारी दिँदै २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी रहेको जनाइएको छ ।
सोही कार्यक्रममा आ.ब. २०७४÷७५ सम्ममा जरिवाना लगत ४ करोड ९६ लाख ७२ हजार ४ सय ७३ रुँपैया ३८ पैसा, ५५ लाख ३१ हजार ६ सय ९४ रुँपैया ११ पैसा फर्छौट भएको तथा ४ करोड ४१ लाख ४० हजार ७ सय ७९ रुँपैया २७ पैसा जरिवाना बाँकी रहेको जनाइएको छ ।
त्यस्तै सोही वर्षसम्ममा कैद लगत २ हजार ६ सय ८६ बर्ष ६ महिना ७ दिन, २०१ बर्ष ५ महिना १२ दिन कैद फर्छौट तथा २ हजार ४८५ बर्ष २५ दिन कैद बाँकी रहेको जनाइएको छ ।
कार्यक्रममा सबै भन्दा पुरानो २००० सालको २१ सालमा अदालत स्थपना भन्दा अगाडि कैदको लगत रहेकोमा उक्त लगत डाँका मुद्दामा ८ जना प्रतिवादीमा ६ जनालाई ९ बर्ष र २ जनालाई ६ बर्ष कैद सजाय भएको र हाल सम्म सो लगत कायम रहेको जनाइएको छ ।
यस्तै २०१० साल सम्मको लगत संख्या ४० रहेको देखिन्छ भने २० साल सम्मको ३३ वटा लगत संख्या जनाइएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधिश बेचन ढुंगानाले अदालतमा रहेको समस्याहरुमा दण्ड जरिवाना लागेका ब्यक्तिको बसाईसराई, खुला सिमा, सरोकारवाला निकायहरु विच सहयोग र समन्वय हुन नसकेको, स्थानिय निकायको भौगोलिक संरचना परिवर्तन, प्रतिवादीको नाम,थर,वतन पहिचानमा समस्या, लगत अध्यावधिकमा समस्या (मरेको व्यक्तिको जानकारी नहुनु, उपल्लो निकायबाट भएको फैसलाको जानकारी समयमा प्राप्त नहुनु) लगायत समस्याहरु रहेको बताए ।
जिल्ला न्यायाधिश बेचन ढुंगानाको अध्यक्षत तथा उच्च अदालत जनकपुर राजविराजका वरिष्टम न्यायाधिश तिल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै अदालतका न्यायाधिश तथा अधिवक्ता र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ