News Category 2075/08/02
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरी जिल्ला अदालत राजविराजले विभिन्न मुद्दामा हाल सम्म २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको छ ।
जिल्ला अदालत राजविराजले आइतबार फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रम आयोजना गरि सो जानकारी दिएको हो ।
अदालतका श्रेस्तेदार दिल कुमार वर्देवा घोषणा कार्यक्रममा आ.ब. २०७५÷७६ सम्ममा २ लाख ५ हजार १ सय ८१ रुँपैया ७५ पैसा जरिवाना फर्छौैट भएको बताउँदै ४ करोड ७६ लाख १२ हजार ९ सय ५८ रुँपैया ६२ पैसा जरिवाना बाँकी रहेको जानकारी दिए ।
त्यस्तै सोही आ.ब.मा कैद लगत २ हजार ६ सय ६३ बर्ष २ महिना ७ दिन रहेको तथा १ सय ५० बर्ष १२ दिन फर्छौट भएको जानकारी दिँदै २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी रहेको जनाइएको छ ।
सोही कार्यक्रममा आ.ब. २०७४÷७५ सम्ममा जरिवाना लगत ४ करोड ९६ लाख ७२ हजार ४ सय ७३ रुँपैया ३८ पैसा, ५५ लाख ३१ हजार ६ सय ९४ रुँपैया ११ पैसा फर्छौट भएको तथा ४ करोड ४१ लाख ४० हजार ७ सय ७९ रुँपैया २७ पैसा जरिवाना बाँकी रहेको जनाइएको छ ।
त्यस्तै सोही वर्षसम्ममा कैद लगत २ हजार ६ सय ८६ बर्ष ६ महिना ७ दिन, २०१ बर्ष ५ महिना १२ दिन कैद फर्छौट तथा २ हजार ४८५ बर्ष २५ दिन कैद बाँकी रहेको जनाइएको छ ।
कार्यक्रममा सबै भन्दा पुरानो २००० सालको २१ सालमा अदालत स्थपना भन्दा अगाडि कैदको लगत रहेकोमा उक्त लगत डाँका मुद्दामा ८ जना प्रतिवादीमा ६ जनालाई ९ बर्ष र २ जनालाई ६ बर्ष कैद सजाय भएको र हाल सम्म सो लगत कायम रहेको जनाइएको छ ।
यस्तै २०१० साल सम्मको लगत संख्या ४० रहेको देखिन्छ भने २० साल सम्मको ३३ वटा लगत संख्या जनाइएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधिश बेचन ढुंगानाले अदालतमा रहेको समस्याहरुमा दण्ड जरिवाना लागेका ब्यक्तिको बसाईसराई, खुला सिमा, सरोकारवाला निकायहरु विच सहयोग र समन्वय हुन नसकेको, स्थानिय निकायको भौगोलिक संरचना परिवर्तन, प्रतिवादीको नाम,थर,वतन पहिचानमा समस्या, लगत अध्यावधिकमा समस्या (मरेको व्यक्तिको जानकारी नहुनु, उपल्लो निकायबाट भएको फैसलाको जानकारी समयमा प्राप्त नहुनु) लगायत समस्याहरु रहेको बताए ।
जिल्ला न्यायाधिश बेचन ढुंगानाको अध्यक्षत तथा उच्च अदालत जनकपुर राजविराजका वरिष्टम न्यायाधिश तिल बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दुबै अदालतका न्यायाधिश तथा अधिवक्ता र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ