News Category 2075/08/03
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार
दैनिक समाचारदाता
राजविराज, ३, मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गताहरुलाई घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबारदेखी शुभारम्भ गरेको छ ।
सो गाउँपालिका वडा नं. ५ को. बरसाइनस्थित स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन पश्चात् सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्थानिय असक्त ७८ वर्षिया उम्दा ठाकुरको स्वास्थ्य परीक्षण गरी घरदैलो कार्यक्रमको शुरुवात गरे ।
यता उमेर र अशक्तताका कारण उपचारका लागी स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक तथा पुर्ण आपांगता भएका विरामीहरुले घरमै उपचार पाएपछि खुशी व्यक्त गरेका छन् ।
यसअघि घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै तिलाठी कोईलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंहले उमेर र शारिरीक अशक्ताका कारण उपचारका लागी नजिकको स्वास्थ्य चौकी सम्म पुग्न नसकेर कष्टकर जीवन विताउन बाध्य ती ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्तलाई सहज ढंगले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्यको टोली खटाई घरदैलोमै स्वास्थ्य परिक्षण र उपचार गर्ने कार्यक्रम चलाइएको जानकारी दिए ।
उनले आठ वडा रहेका गाउँपालिकामा ७ सय १६ बृृद्ध, ९ सय २ बुद्धा गरी १ हजार ६ सय १८ जेष्ठ नागरिक छन् भने ११ जना शारीरिकरुपमा अशक्त रहेको जानकारी दिँदै घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम आफ्नो पुरै कार्यकाल सम्म जारी रहने अध्यक्ष सिहले बताए ।
यस्तै गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत राजु झाले प्रत्येक महिनाको चार दिन स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्त विरामीको पहिचान गरी घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए ।
गाउँपालिका कार्यक्रम अधिकृत राजेश झाले वडा नं. ५ बाट शूरु भएको अभियान पालैपालो हरेक वडामा संचालन हुने र ६ जनाको स्वास्थ्यकर्मीको टालीले निःशुःल्क जाँच र औषधी प्रदान गर्ने जानकारी दिए ।
सम्भव त प्रदेश नं. २ को र १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लामा घरमै गएर ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम ल्याउने तिलाठी कोईलाडी गाउँपालिका पहिलो गाउँपालिका बनेको छ ।
कार्यक्रम शुभारम्भका अवसरमा गाउँपालिकाकी उपप्रमुख सुचिता यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, स्वास्थ्य चौकी प्रमुख राजेश कुमार यादव, स्वास्थ्य संयोजक शैलेश मिश्र, विभिन्न वडा अध्यक्ष लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ