News Category 2075/08/03
तिलाठी कोइलाडीको प्रत्येक वडाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गतालाई घरदैलोमै स्वास्थ्य उपचार

दैनिक समाचारदाता
राजविराज, ३, मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गताहरुलाई घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रमको सोमबारदेखी शुभारम्भ गरेको छ ।
सो गाउँपालिका वडा नं. ५ को. बरसाइनस्थित स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन पश्चात् सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्थानिय असक्त ७८ वर्षिया उम्दा ठाकुरको स्वास्थ्य परीक्षण गरी घरदैलो कार्यक्रमको शुरुवात गरे ।
यता उमेर र अशक्तताका कारण उपचारका लागी स्वास्थ्य चौकीसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक तथा पुर्ण आपांगता भएका विरामीहरुले घरमै उपचार पाएपछि खुशी व्यक्त गरेका छन् ।
यसअघि घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै तिलाठी कोईलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंहले उमेर र शारिरीक अशक्ताका कारण उपचारका लागी नजिकको स्वास्थ्य चौकी सम्म पुग्न नसकेर कष्टकर जीवन विताउन बाध्य ती ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्तलाई सहज ढंगले स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्यको टोली खटाई घरदैलोमै स्वास्थ्य परिक्षण र उपचार गर्ने कार्यक्रम चलाइएको जानकारी दिए ।
उनले आठ वडा रहेका गाउँपालिकामा ७ सय १६ बृृद्ध, ९ सय २ बुद्धा गरी १ हजार ६ सय १८ जेष्ठ नागरिक छन् भने ११ जना शारीरिकरुपमा अशक्त रहेको जानकारी दिँदै घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम आफ्नो पुरै कार्यकाल सम्म जारी रहने अध्यक्ष सिहले बताए ।
यस्तै गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत राजु झाले प्रत्येक महिनाको चार दिन स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिक र शारिरीक रुपमा अशक्त विरामीको पहिचान गरी घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए ।
गाउँपालिका कार्यक्रम अधिकृत राजेश झाले वडा नं. ५ बाट शूरु भएको अभियान पालैपालो हरेक वडामा संचालन हुने र ६ जनाको स्वास्थ्यकर्मीको टालीले निःशुःल्क जाँच र औषधी प्रदान गर्ने जानकारी दिए ।
सम्भव त प्रदेश नं. २ को र १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लामा घरमै गएर ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम ल्याउने तिलाठी कोईलाडी गाउँपालिका पहिलो गाउँपालिका बनेको छ ।
कार्यक्रम शुभारम्भका अवसरमा गाउँपालिकाकी उपप्रमुख सुचिता यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, स्वास्थ्य चौकी प्रमुख राजेश कुमार यादव, स्वास्थ्य संयोजक शैलेश मिश्र, विभिन्न वडा अध्यक्ष लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ