News Category 2075/08/05
विद्यापति स्मृति पर्वमा विविध कार्यक्रमको आयोजना
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
कवि कोकील विद्यापतिको स्मृति र सम्मानमा मैथिली साहित्य परिषद राजविराजले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
आप्mनो काब्य प्रतिभा र विद्धताका कारण मैथिली जनमानसमा प्रयाप्त सम्मान र आदर पाएका कवि विद्यापतिको स्मृतिमा दुई दिवसीय कार्यक्रम अन्तर्गत बुधबार दोश्रो दिन झाँकीसहित नगर परिक्रममा, श्रद्धाञ्जली सभा तथा मैथिली भाषा, साहित्य, कला संस्कृति संरक्षण गर्न योगदान पु¥याउने संघसंस्था र विभिन्न ब्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण लगायतको कार्यक्रम आयोजना गरेको छ ।
सो दिवसको अवसरमा सम्मानित हुनेहरुमा प्रा. उमाकान्त झा, प्रा भोला झा, पुर्व प्राचार्य नथुनी दास र संगितकार शैलेन्द्र विश्वकर्मालाई शिवदत्त मिश्र स्मृति पुरस्कारद्वारा सम्मानीत गरिएको छ भने सुरेन्द्र प्रसाद देवलाई मरणोपरान्त सोहि पुरस्कार प्रदान गरिएको छ ।
यस्तै गायक कैलाश झा र गायिका अन्जु यादवलाई विजयन्द्र विनोद कला पुरस्कारवाट सम्मानित भएका छन् । यस्तै संस्थागततर्फ राजविराज नगरपालिका र चित्रगुप्त सेवा समितिलाई सम्मान गरिएको छ ।
सम्मानित संस्था र पुरस्कृत ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का कृषि, भुमि ब्यवस्था तथा शहकारी मन्त्री शैलेन्द्र साहले पुरस्कार तथा सम्मान पत्र वितरण गरेका थिए ।
हरेक वर्ष महाकवी विद्यापति स्मृति पर्व समारोहको अवसर पारेर मैथिली अभियानमा महत्वपुर्ण योगदान पु¥याउने मैथिलीसेवीलाई शिवदत्त स्मृति पुरस्कार तथा विजयन्द्र विनोद कला पुरस्कारवाट सम्मानित गरिदै आएको परिषदका सचिव श्यामसुन्दर यादवले जानकारी दिए ।
यसअघि पहिलो दिन मंगलबार परिषद्ले मिथिला लेखन र मैथिली अनुवाद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ