News Category 2075/08/05
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
मुश्लिम समुदायले आप्mना धर्मका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक ‘पैगम्वर हजरत मोहम्मद सल्लल्लाहु अलै हिवस्सल्लाम’ को १५३१ औं जन्मोत्सव विविध कार्यक्रमको आयोजना बुधबार राजविराजमा मनाएका छन् ।
सो अवसरमा प्रभातफेरी, रक्तदान, मस्जिदमा सामुहिक नमाज, प्रार्थना सभा, प्रवचन तथा गरिव असहायलाई निशुल्क भोजन लगायतका कार्यक्रम गरी मनाएका हुन् ।
इस्लाम धर्मका इस्वरीय सन्देस्ठाको उपाधि समेत पाएका पैगम्वर हजरत मोहम्मदलाई स्मरण गर्दै नुरी जामे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज र अल्जा भेतल इस्लामिया गरिव नवाजको अगुवाईमा निस्केको ¥याली धर्म, सदभाव र शान्तिको पक्षमा नारा लगाउँदै वजार क्षेत्र परिक्रमा गरेको थियो ।
¥यालीमा विभिन्न मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र वालवालिकाको सहभागिता थियो । मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य इर्साद अन्सारीले अल्लाहका सन्देश वाहक पैगम्वर हजरत मोहम्मदले आज्ञापालन, अनुशासन, नम्रता, संयम, सदाचार र परोपकारको पाठ शिकाएको भन्दै त्यसको अनुसरण गर्नु पर्ने वताए ।
यस अवसरमा प्रवचन, रक्तदान तथा आर्थिक अवस्था कमजोर भएका अपांग, गरिव, दलित, विपन्न वर्गका वृद्धवृद्धा र एकल महिलालाई निशुल्क भोजन र लत्ताकपडा वितरणलगायतका कार्यक्रम समेत गरिएको छ ।
मुस्लिम अगुवा एवम राष्ट्रिय मुस्लिम मञ्च नेपालका सचिव हासिम अन्सारीले यस दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएकोप्रति धन्यवाद प्रकट गर्दै उत्सवलाई झनै विशेष तामझामका साथ मनाएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ