News Category 2075/08/07
बस दुर्घटनामा तीनको मृत्यु
दैनिक समाचारदाता
सिरहा, ७ मंसिर ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका २ स्थित कमला पुल नजिकै बिहीबार साँझ भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा एक जनाको घटनास्थलमै तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका ९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका ९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका मिर्चैैयाले जनाएको छ ।
साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तथा घटनामा बिहीबार सर्लाहीको हरिपुर नगरपालिका ९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो ।
सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना४ख ४८२५ नंको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९४० नं. को मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्था रहेका तीन जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ