News Category 2075/08/07
महिलामाथी दुव्र्यवहार गर्ने सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न प्रदेश कानुन मन्त्री यादवको निर्देशन
दैनिक समाचारदाता
जनकपुर, ७ मंसिर ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले महिलाहरूमाथि सशस्त्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत घटनाप्रति ध्यानाकृष्ट गराउँदै मन्त्री यादवले अत्यन्त अराजक र अनुशासनहीन ढंगले महिलाहरूसँग दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कार्बाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।
मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । उनले भने, ‘कुनै पनि व्यक्तिको मर्यादा र आत्मसम्मानमा चोट पुग्ने गरी कानुन कार्यान्वयन गर्ने निकायले कार्बाही गर्ने कुरा सभ्य समाजका लागि बर्दाश्तयोग्य छैन । कानुनले पनि राज्यका कुनै पनि निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीबाट यस्ता खालका अराजक गतिविधि हुने परिकल्पना गरेको छैन ।’
सामान्य अवस्थामा अत्यधिक बल प्रयोग गर्ने सुरक्षा निकायको प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै कुनै पनि घटनाको अनुसन्धानमा मानवअधिकारलगायत व्यक्तिको मौलिक अधिकार हनन नहुने विषयमा सुरक्षाकर्मीहरूलाई गम्भीर बन्नुपर्ने मन्त्री यादवले बताए । ‘अनुसन्धानमा अपमान, तिस्कार र ज्यादतीको पक्षपोषण गर्न सकिन्न । यस्तो गर्ने काम एउटा डरलाग्दो रोग हो जसबाट सुरक्षाकर्मीलाई उब्रिनैपर्छ,’ उनले भने ।
उनले कुनै पनि घटनामा व्यक्तिलाई नियन्त्रणमा लिइँदा विधि र प्रक्रिया पूरा गर्नुपर्ने निर्देशनसमेत सशस्त्र अधिकारीहरूलाई दिए ।
घटना क्रमका अनुसार सशस्त्र प्रहरीका केही जवानले बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही सर्वसाधारण महिलाहरूलाई चुल्ठो समाएर लछारपछार गर्नका साथै निर्मम तरिकाले कुटपिट गरेका थिए ।
यसअघि सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरेशकुमार श्रेष्ठले वीरगन्जमा महिलामाथि हातपात हुुनु दुर्भाग्यपूर्ण भएको बताउँदै दोषीमाथि प्रहरी नियमावलीअनुसार कार्बाही प्रक्रिया थालिएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ