News Category 2075/08/11
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदान
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको परिवारजनलाई राजपा नेपाल सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ ।
बस दुर्घटनामा परि डाकनेशवरी नगरपालिका भुतही गाउँका मृतक पाँचै जनाकोे परिवारलाई नगद ४१ हजारको दरले २ लाख पाँच हजार राजपा नेपाल सप्तरीका नेताहरुले प्रदान गरेका हसनु् ।
मंसिर ७ गते शुक्रबार साँझ सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिकाको ईनरुवा सडक खण्डमा भएको धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको थियो ।
सो दुर्घटना डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं. ४ भुतहीका ५५ वर्षिय दिनेश रजक र उनकी पत्नी ५० वर्षिया बौकीदेवी रजकको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ