News Category 2075/08/12
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
सप्तरीका किशोरीहरुलाई क्रिकेट खेलमा रुची बढ्दै गएपछि बुधबारदेखी एक महिने क्रिकेट प्रशिक्षण सुरु गरिएको छ ।
क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको बिकास गर्ने उद्देश्यका साथ जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकमा सो क्रिकेट प्रशिक्षण सूरू गरिएको सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
खड्ग नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीहरुलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गरेको चन्दन यादवले बताए ।
सुरूगां नगरपालिका तथा खड्ग नगरपालिकाको संयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा किक्रेटको बिकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरीबाट टिम बर्षाेदेखी बन्न नसकेकोले सप्तरी टिम समेत प्रतियोगितामा सहभागि गराउने उद्देश्य रहेको सप्तरी क्रिकेट संघका सचिव श्रेष्ठले बताए ।
राष्टिय प्रशिक्षक टमाटाले खडग र सुरूगां नगरपालीका का १ सय २५ जना किसोरीलाई प्रशिक्षण दिने छ ।
प्रशिक्षणबाट उत्कृष्ट ३० जना किशोरीहरू खेलाडी बिच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला किक्रेट टिम बनाउने लक्ष्य रहेको सबल नेपालका कोषाध्यक्ष समेत रहेका संघका सचिव श्रेष्ठले बताए ।
सो अवसरमा सुरूङ्गा नगरपालिका उपप्रमुख बिन्दा पासवान, खड्ग नगरपालिकाका उपमेयर यासमिन सुल्तान, वडा अध्यक्ष भगबति चौधरी, सेभ द चिल्ड्रेन सप्तरीका संयोजक तथा बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, कार्यक्रम संयोजक रचना थापा, खडग नपाका ६ भगबति चौधरी, ८ का वडा अध्यक्ष मो ईसराईल, वडा १० का अध्यक्ष राजेन्द्र चौधरी, ७ का अध्यक्ष राकेश साह, नेपाल पत्रकार महासंघका सल्लाहकारद्वय धिरेन्द्र प्रसाद साह, श्रवण देब, सहसचिव चन्दनकुमार यादब, सबल नेपालका समुन्नती कार्यक्रमका संयोजक नन्दकिशोर चौधरी, सबल नेपालका अशोक साह, परमेश्वर झा, प्रशिक्षक बिरू श्रेष्ठ, धर्मेन्द्र चौधरी, अम्पायर संघका अध्यक्ष निरज सिंह, बाल क्लवका मो ताहिर लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ