News Category 2075/08/16
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने

राजविराज÷सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियामा अगामी सोमबारबाट सुरु हुने प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
हिरोज स्पोर्टिङ्ग क्लव सप्तरीको आयोजनामा मंसिर १७ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको फाइनल खेलमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत आउने आयोजक संस्थाले जानकारी दिएको छ ।
त्यस्तै प्रतियोगिताको उद्घाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
सो प्रतियोगितामा प्रदेश २ का ८ जिल्लाका क्लबहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विजय चौधरीले जानकारी दिए ।
यसैबीच प्रतियोगिताका लागि खेल मैदान मिलाउने, गोल पोष्ट निर्माण, खेलको लागि मैदान निमार्णका कार्य सम्पन्न भइसकेको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख तथा द्वितीयलाई ५१ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।
दुई दशकदेखी बरमझिया खेल मैदानमा प्रत्येक वर्ष जिल्लास्तरमा प्रतियोगिता हुने भएपनि यस पटक प्रदेशस्तरीय खेल हुन गइरहेको छ ।
क्लबले स्थानीय तह, व्यापारी, समाजसेवी, राजनीतिज्ञ व्यक्तिहरुबाट रकम संकलन गरेर कुल आठ लाख रुपैयाँको लागतमा प्रतियोगिता आयोजना हुन गइरहेको छ । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा कञ्चनरुपबाट प्रकाशित अवलोकित दैनिक र कञ्चनरुप साप्ताहिक रहने अध्यक्ष चौधरीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ