News Category 2075/08/16
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न
राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा निकट भविष्यमै सनराइज बैंकको शाखा बिस्तार गर्ने सम्बन्धमा शनिबार अन्तरक्रिया सम्पन्न गरिएको छ ।
“स्वास्थ्य तथा दुर्घटना बिमा र इलेक्ट्रोनिक बैंकिङ सुविधा” सम्बन्धमा जानकारी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
बैंकले हरेक बचत खाताको बचतकर्तालाई डबल सुरक्षा प्रदान गर्न ल्याएको स्वास्थ्य बिमा, दुर्घटना बिमा र अन्य सेवा बारे अन्तरक्रियामा सहभागिहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सनराइज बैंक राजविराज शाखाका प्रबन्धक रोहित महासेठले योजनामा सहभागि भई लाभ उठाउन आग्रह गरेका छन् ।
जनप्रतिनिधि, शिक्षक, बुद्धिजिवि, उद्योगि व्यवसायी र स्थानियवासीको उल्लेख्यीय सहभागितामा हनुमाननगर कंकालिनि नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा बैंकका शाखा संचालन विभागकी प्रमुख कंचन जोशी, बैंकका राजविराज प्रबन्धक रोहित महासेठ र सहायक दिपेश कुमार साहले बैंकले प्रदान गर्ने सेवा सुविधा र इलेक्ट्रोनिक बैंकिङ्ग प्रणाली बारे सविस्तार जानकारी गराएका थिए ।
हनुमाननगर कंकालिनि नगरपालिकाका प्रमुख शैलेश कुमार साहले स्थापनाको छोटो अवधीमै नाम कमाउन र विश्वसनियता जमाउन सफल सनराइज बैंक स्थापना भए यस नगरका बासिन्दालाई मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकारले अंगिकार गरेको समृद्ध नेपाल निर्माण गर्न संस्थागत पूँजीको आवश्यकता पर्ने भएकाले त्यसलाई सहयोग गर्न सनराइज बैंक सफल हुने उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ