News Category 2075/08/16
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउँपालिकास्थित निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको विषयमा आइतबार सो सडकखण्ड स्थानियवासीले अवरोध गरेका छन् ।
राजगढ गाउँपालिका वडा नं. ५ मलेकपुर टोलदेखि पूर्व नहर नजिक निर्माणाधिन पुलमा बिहिवार राती मोटरसाईकल ठोकिदा घाइते दुई जना मध्ये वडा नं. ४ बेल्ही चपेना निवासी २५ बर्षिय महेश कुमार मण्डलको मृत्यु भएको हो ।
दुर्घटना पश्चात् गम्भिर घाइते भएका मण्डलकको उपचारका क्रममा बिराटनगरस्थित नोभेल अस्पताल शनिबार राती मृत्यु भएको स्थानियवासीले जनाएका छन् ।
पुल निर्माणमा सम्बन्धित ठेकेदारले लापरवाही गरेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन माँग गर्दै स्थानियवासीले सडक अवरुद्ध गर्नुका साथै प्रदर्शन गरेका छन् ।
यता सो दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति रोशन मण्डलको खुट्टा भाचिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ