News Category 2075/08/18
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
२७ औं अन्तर्राष्ट्रिय अपांङ्गता दिवसको अवसर पारेर प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुलाई सोमबार कम्बल वितरण गरेका छन् ।
मुल आयोजक समितिद्वारा राजविराजस्थित केअमाविको सभा कक्षमा आयोजित “मलाई गणना गर, समावेश गर” विषयक विचार गोष्ठीमा सो कम्बल वितरण गरेका हुन् ।
आयोजिक गोष्ठीमा मन्त्री साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुका लागि आर्थिक र सामाजिक पक्ष सवल बनाई सशक्तिकरणमा आफू सक्रिय भई लाग्ने प्रतिबद्धता जनाए ।
राजनीतिक परिवर्तनको अनुभूति अपाङ्गता भएका व्यक्तिले पनि गर्नु पाउनुपर्ने र यसका लागि आफू हरसम्भव प्रयत्न गर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिको पहिचान गरी उनीहरुको क्षमता, योग्यता अनुसार विभिन्न क्षेत्रमा समावेश गराउन आफू सक्रिय भइ लाग्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा मन्त्री साहले प्रदेश सरकारको तर्फबाट शारिरिक रुपमा अशक्त १ सय ११ जनालाई कम्बल वितरण गरेका थिए ।
सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेडक्रस सोसाइटी शाखा सभापति जोगेन्द्र भगत, ज्येष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर शारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदिश अर्याल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव लगायतले पनि बोल्दै अपाङ्गमैत्री कानुन र पूर्वाधार बनाउनु पर्नेमा जोड दिएका थिएलए ।
यसअघि मूल आयोजक समितिमा आवद्ध सगरमाथा अपाङ्ग कल्याण संघ, बौद्धिक अपाङ्गगता अभिभावक संघ, समावेशी अपाङ्ग संघ, अपाङ्ग पुर्नःस्थापना केन्द्र, दृष्टिविहिन संघ, बहिरा संघ र अपाङ्ग कल्याणकारी समाजको संयुक्त अगुवाईमा नगर क्षेत्रमा प्रभातफेरी गरिएको थियो ।
मलाई गणना गर, समावेश गर, अपांगलाई दया होईन, समानता दे, अपांग मैत्री समाज निर्माण गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ