News Category 2075/08/18
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
२७ औं अन्तर्राष्ट्रिय अपांङ्गता दिवसको अवसर पारेर प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुलाई सोमबार कम्बल वितरण गरेका छन् ।
मुल आयोजक समितिद्वारा राजविराजस्थित केअमाविको सभा कक्षमा आयोजित “मलाई गणना गर, समावेश गर” विषयक विचार गोष्ठीमा सो कम्बल वितरण गरेका हुन् ।
आयोजिक गोष्ठीमा मन्त्री साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुका लागि आर्थिक र सामाजिक पक्ष सवल बनाई सशक्तिकरणमा आफू सक्रिय भई लाग्ने प्रतिबद्धता जनाए ।
राजनीतिक परिवर्तनको अनुभूति अपाङ्गता भएका व्यक्तिले पनि गर्नु पाउनुपर्ने र यसका लागि आफू हरसम्भव प्रयत्न गर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिको पहिचान गरी उनीहरुको क्षमता, योग्यता अनुसार विभिन्न क्षेत्रमा समावेश गराउन आफू सक्रिय भइ लाग्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा मन्त्री साहले प्रदेश सरकारको तर्फबाट शारिरिक रुपमा अशक्त १ सय ११ जनालाई कम्बल वितरण गरेका थिए ।
सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेडक्रस सोसाइटी शाखा सभापति जोगेन्द्र भगत, ज्येष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर शारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदिश अर्याल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव लगायतले पनि बोल्दै अपाङ्गमैत्री कानुन र पूर्वाधार बनाउनु पर्नेमा जोड दिएका थिएलए ।
यसअघि मूल आयोजक समितिमा आवद्ध सगरमाथा अपाङ्ग कल्याण संघ, बौद्धिक अपाङ्गगता अभिभावक संघ, समावेशी अपाङ्ग संघ, अपाङ्ग पुर्नःस्थापना केन्द्र, दृष्टिविहिन संघ, बहिरा संघ र अपाङ्ग कल्याणकारी समाजको संयुक्त अगुवाईमा नगर क्षेत्रमा प्रभातफेरी गरिएको थियो ।
मलाई गणना गर, समावेश गर, अपांगलाई दया होईन, समानता दे, अपांग मैत्री समाज निर्माण गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ