News Category 2075/08/19
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित

दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
१५ औं राष्ट्रिय महिला स्वमसेविका दिवसको अवसरमा बुधबार सप्तरीको रुपनी गाउँपालिकामा ¥याली निकाल्दै अन्तरक्रिया गरिएको छ ।
गाउँपालिका कार्यालयबाट स्वमसेविकाहरुले एक ¥याली निकाल्दै रुपनी बजारको परिक्रमा पश्चात् गाउँपालिका कार्यालय परिसरमा अन्तरक्रिया गरेको हो ।
रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कार्यक्रममा विभिन्न स्वयमसेविकाहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।
यसरी परस्कृत हुनेहरुमा वडा नं. १ की बिरनदेवी यादव, वडा २ की सरिता चौधरी र उर्मिला यादव, वडा नं. ३ की श्यामादेवी माझि, पवित्रीदेवी मुखीया र गिता चौधरी, वडा नं. ४ की प्रमोददेवी कर्ण, ५ की अर्चना कर्ण, पुनम मंडल र रामवत्ति रजक तथा ६ नं. की शशिकला चौधरी, रामदाना चौधरी र अशोका यादव रहेका छन् ।
सोही कार्यक्रममा गाउँपालिकामा रहेका सम्पूर्ण ३९ जना महिला स्वयमसेविकाहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले बताए । सो अवसरमा गउँपालिकाका सम्पूर्ण वडाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ