News Category 2075/08/19
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
१५ औं राष्ट्रिय महिला स्वमसेविका दिवसको अवसरमा बुधबार सप्तरीको रुपनी गाउँपालिकामा ¥याली निकाल्दै अन्तरक्रिया गरिएको छ ।
गाउँपालिका कार्यालयबाट स्वमसेविकाहरुले एक ¥याली निकाल्दै रुपनी बजारको परिक्रमा पश्चात् गाउँपालिका कार्यालय परिसरमा अन्तरक्रिया गरेको हो ।
रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कार्यक्रममा विभिन्न स्वयमसेविकाहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।
यसरी परस्कृत हुनेहरुमा वडा नं. १ की बिरनदेवी यादव, वडा २ की सरिता चौधरी र उर्मिला यादव, वडा नं. ३ की श्यामादेवी माझि, पवित्रीदेवी मुखीया र गिता चौधरी, वडा नं. ४ की प्रमोददेवी कर्ण, ५ की अर्चना कर्ण, पुनम मंडल र रामवत्ति रजक तथा ६ नं. की शशिकला चौधरी, रामदाना चौधरी र अशोका यादव रहेका छन् ।
सोही कार्यक्रममा गाउँपालिकामा रहेका सम्पूर्ण ३९ जना महिला स्वयमसेविकाहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले बताए । सो अवसरमा गउँपालिकाका सम्पूर्ण वडाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ