News Category 2075/08/19
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको अग्नीसाईर कृष्णसवरण गाँउपालिकामा एक गरिबको घर निर्माणमा सहयोग गरेर वुधवार विश्व स्वायमसेवक दिवस मनाइएको छ ।
महुली सामुदायिक विकास केन्द्र र ह्याविटेट फर ह्युमानिटी नेपालको सहयोगमा सो गाउँपालिका वडा नं. ४ प्रश्वनी निवासी शान्तीदेवी रामको घर बनाउने कार्यमा सप्तरीका संचारकर्मी तथा जनप्रतिनिधीहरुले सहयोग गरेका थिए ।
सोही गाउँपालिकामा बुधबार आयोजित एक कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा संचारकर्मीहरुले घर बनाउने कार्यमा सघाएर एउटा उदाहरणीय कार्यको सुरुवात भएको महुली सामुदायिक विका केन्द्रका अध्यक्ष प्रभु नारायण चौधरी बताए ।
उनले जिल्लास्थित अन्य गरिब, विपन्न जनताको घर निर्माणमा समेत स्वमसेवकहरुले सहयोग गरे उनीहरुको निर्माण कार्यमा लागत कम हुने र गरिबलाई सहयोग पुग्ने जिकिर गरे ।
सो कार्यक्रममा अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले गाउँपालिकाको विकासमा प्रमुख वाधक विवाद रहेको उल्लेख गर्दै नदीका कारण वस्ती कटान उच्च जोखिमा परेको समस्या हल गर्न योजना ल्याउदा पनि विवादका कारण थोरैकाम गरेर वजेट फ्रिज भएको वताए । उनले स्वयमसेवक दिवसले आफैमा सेवाको भाव जगाएर विकासको गतिलाई अगाडी वढाउन सकेमात्र कार्यक्रमले सार्थकता पाउने भन्दै विपदमा परेकाहरुको समुदायलाई गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै वडा नं. ४ का अध्यक्ष तेज नारायण यादवले संस्थाद्धारा आफ्नो वडाका गरिव परिवारको घर निर्माणको थालानी गरेकोमा प्रशंसा व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
वडा नम्वर ३ का वडा अध्यक्ष अरुण कुमार चौधरीले ठूलो सङ्ख्यामा गरिव र विपन्न परिवार वसोवास गरेको गाउँपालिकामा गरिवी न्यूनिकरण गर्ने उद्देश्यका साथ संचालित सुरक्षित आवास कार्यक्रमलाई हरेक प्रकारले सहयोग गर्न प्रतिबद्धता गरे ।
ह्याविटेट फर ह्यूमानिटीका कार्यक्रम व्यावस्थापक संदिप पौडेलले कार्यक्रमको वारे प्रकाश पार्दै सुरक्षित आवास कार्यक्रमको महत्व र विशेष्तालाई उजागर गर्न यूवाहरुलाई नेतृत्वमा कार्यक्रममा आर्कषण गराउने उदेश्यले कार्यक्रम ल्याएको वताए ।
यस्तै नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले विश्व स्वयमसेवक दिवसको अवसरमा गरिवको सेवा गर्ने अवसर पाएकोमा खुशी व्याक्त गरे । घर वनाउन पाउदा सामजिक दायित्व पुरा गरेको आभास भएको यादवले वताए ।
महुली समुदायिक विकास केन्द्रका निर्देशक प्रभु नारायण चौधरीले स्थानिय श्रोत साधन र शिप उपयोग गरी गरिव, असाय र विपन्न वर्गको आयस्तर उकास्दै गरिवी न्यूनिकरण गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । यस्तै कार्यक्रमा सुरक्षित आवास पासा समुह प्रशवनीका अध्यक्ष सोभा देवी सरदार, सचिव रन्जना कुमारी रामले आससोत खोलाले वस्ती जोखिममा परेकोले नदी नियन्त्रणमा सहयोग गर्न आग्रह गरिन ।
सुरक्षित आवस कार्यक्रम अन्र्तगत सप्तरीको विभिन्न क्षेत्रका अग्नीपिडीत, वाढीपिडीत लगायतका प्रकृतिक विपदका कारण जोखिममा परेकाहरुको २ सय ५० वटा सुरक्षित र भरपर्दो वाँसका घर वनाएको ह्याविटेट फर ह्यूमानिटी नेपालका कार्यक्रम व्यावस्थापक पौडेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ