News Category 2075/08/21
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
सप्तरीको बिष्णुपुर गाउपालिका ३ मुसहरनियाका अग्नीपीडितलाई बिहीबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।
बिपन्न दलितहरु चनर देवी खंग खत्वे र बुची खंगलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई.. सूर्य नारायण यादवले जानकारी दिए ।
बुधबार राती घरमा आगलागि हुँदा चनरदेवीको बाख्राबाख्री ६ थान र हाँस तीन थान आगोमा जलेर मरेका थिए भने गाई र गाईको बाच्छो जलेर गम्भीर घाइते भएका छन् । सो आगलागिबाट अन्दाजी दुई लाखभन्दा बढिको धनमालको क्षति भएको छ ।
राहत वितरणको अवसरमा वडा अध्यक्ष रामेश्वर यादव, गाउँपालिकाका पशु प्राविधिक चन्देश्वर यादव, समाजसेवीहरु पारसमणि यादव, प्रमोद यादव, तेजन खंग, शत्रुघ्न खंग, लक्ष्मण मंडल लगायतका स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ