News Category 2075/08/21
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण

दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
प्रदेश सभा सदस्य रुबी कुमारी कर्णले राजविराज ९ स्थित दलित विद्यार्थीको घर घर पुगी आवश्यक जानकारी लिएकी छिन ।
जिल्लामा भर्ना अभियानका वेला विभिन्न राजनीतिक दलका पदाधिकारी, सासद, मन्त्रि र पुर्व मन्त्रिहरुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु विभिन्न समस्याले गर्दा विद्यालय सम्म नपुगि रहेको गुनासो आईरहेको वेला सांसद कर्ण आफु र आफुसगै मन्त्रि र पुर्व मन्त्रिले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरुको अवस्था वुझन घर घर पुगेकी हुन ।
गत ५ बैशाखमा श्री राष्ट्रिय प्राथमिक विद्यालय गढिया मलेठमा भएको सार्वजनिक भर्ना अभियान कार्यक्रममा सांसद कर्णले स्थनिय सुरज कुमार सदाको अभिभाकत्व ग्रहण गरेकी थिइन भने शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले टिंकु मरीक, पूर्व शान्ती मन्त्री विश्वनाथ साहले श्याम सुन्दर सदा, पूर्व शिचाई मन्त्री उमेश कुमार यादवले राजा कुमार सदा र राजविराज नगरपालिकाको प्रमुख शम्भु प्रसाद यादवले कुलानन्द सदाको अभिभावकत्व ग्रहण गरेका थिए ।
प्रदेश सभा सदस्य कर्ण विहीवार ती विद्यार्थीहरुको घर पुग्दा टिंकु मरिक विद्यालय जानुको सटा घरको काम काज गरिरहेका थिए भने सोही वस्तीका दुइजना बालक सडकमै खेलकुदमा रमाइ रहेका थिए । सो अवस्था देखेपछि सांसद कर्णले अभिभावकलाइ बोलाई सम्झाइ वुझाइ वालकहरुलाइ विघालय पठाउन लगाएकी थिइन ।
पढाईको खर्च सरकार र आफु समेत व्यहोर्ने भन्दै सांसद कर्णले उपस्थित दलितसमुदायका अभिभावकहरुलाइ आश्वत पार्दै पढाइका लागी खर्चको चिन्ता नलिन र सन्तानलाइ नियमित विद्यालय पठाउनु अनरोध गरिन् ।
उनले बालवालिकाहरुलाई शैक्षिक सामग्रीका साथै न्यानो लुगा, झुल, विस्कुट, चाउचाउ, लगायतका सामग्रीहरु समेत वितरण गरेकी थिइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ