News Category 2075/08/22
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
नवीनकुमार गुप्ता
राजविराज, २१ मंसिर ।
नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापरवाहीका कारण सप्तरीकी एक महिलाले पीड भोग्नु परेको छ ।
नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो ।

सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं. ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो ।
उनले २०६३ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइन् । तर, सो नागरिकतामा नागरिकता प्रमाणपत्र नं. नै उल्लेख गरिएको छैन् । तत्कालिन टोली प्रमुख रबिन्द्र कुमार महथाको हस्ताक्षर रहेको सो नागरिकता प्रमाणपत्र बंशजको आधारमा दिइएको थियो ।
च्यस्नागरिकतामा टाँसिएको फोटो बिग्रिएपछि उनी नागरिकताको प्रतिलिपी तथा फोटो परिवर्तन लिन जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । नागरिकता फाँटका कर्मचारीहरुले सक्कल नागरिकताको प्रमाणपत्रमा प्रमाणपत्र नं. उल्लेख नभएको देखेपछि चकित परेका थिए ।

नं. नै उल्लेख नभएपछि अलमलमा परेका कर्मचारीहरुले उनलाई पुनः नयाँ प्रक्रियाबाट नागरिकता बनाउन र सम्पूर्ण प्रक्रिया पुरा गरेर आउन भनेको पीडित महिला अमरिकाले बताइन् ।
उनले नागरिकता टोलीमा खटिएका कर्मचारीको लापरवाहीका कारण आफू अनावश्यक झन्झटमा परेको सुनाउँदै यसतर्फ सहयोग गरिदिन हुन संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् ।
यसअघि नागरिकताको कुनै कामै नपरेकाले आफूले पनि नं. भए नभएको बारे खासै चासो नदिएको उनले बताईन् ।
यद्दपी सरकारी कार्यालयबाट भएको गम्भिर त्रृटीप्रति अमरिका देवी अनभिज्ञ हुँदा विगत १२ वर्षदेखी सोही नागरिकताको प्रतिलिपी विभिन्न रेमिट्यान्समा प्रयोग गर्दै आएकी थिइन् । छोरा बैदेशिक रोजगारका लागि विदेशमा रहेकोले रकम पठाउँदा उनले सोही नागरिकताको प्रतिलिपि प्रयोग गर्दा समेत ती निकायले प्रमाणपत्र नं. नभएकोप्रति कहिले जानकारी पाएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ