News Category 2075/08/22
आईडियलको मुनाफा एक करोड ७५ लाख
राजविराज÷आईडियल सहकारी संस्था लिमिटेड राजविराजले १ करोड ७५ लाख २६ हजार ६ सय मुनाफा गरेको जनाएको छ ।
संस्थाको शनिबार १९ औं साधारण सभा मनाउने क्रममा संचालक समितिका अध्यक्ष गणेश कुमार आसले सो जानकारी दिएका हुन् ।
यस्तै संस्थाले आप्mना धेयर धनीलाई १८ प्रतिशतका दरले लाभांस वितरण गर्ने घोषणा समेत गरेको छ ।
साधारण सभामा अध्यक्षीय प्रतिवेदन पेश गर्दै अध्यक्ष आसले सहकारी ऐनको परिधि भित्र रही सम्पूर्ण शेयर सदस्यहरुलाई १८ प्रतिशका दरले लाभांस प्रदान गरिने बताए । लाभांस वापतको रकम पुस १ देखि सम्बन्धित सवै शेयर धनीको खातामा जम्मा हुने उनले जानकारी समेत दिए ।
सो प्रतिवेदनमा ४२ जना सदस्यले सुरु गरेको उक्त संस्थामा हाल ११ हजार ५ सय १२ जना सदस्य पुगेको उल्लेख छ ।
यस्तै संस्थाले गत आ.व.मा २ अर्ब ७७ करोड ३२ लाख ६६ हजार ६ सय ७२ रुपैया बचत संकलन तथा २ अर्व ५६ करोड ७६ लाख ८६ हजार बचत भुक्तानी गरेको संस्थाले कुल निक्षेप संकलन ५६ करोड १८ लाख ५७ हजार र ५० करोड २५ लाख ३४ हजार ऋण लगानी गरी १ करोड ४० लाख मुनाफा गरेको थियो ।
संस्थाले सप्तरी जिल्लाको झण्डै आधा भागमा आप्mनै कोषबाट ५० करोड २५ लाख ३४ हजार रुपैया ऋण लगानी गरेको जनाएको छ ।
संस्थाले कारोबार क्षेत्र विस्तार गर्ने क्रममा जिल्लाको डाक्नेश्वरी र हनुमाननगर कंकालिनी नगरपालिकामा शाखा विस्तार गरिसकेको र यस वर्ष देखि एटिएम सेवा पनि सुचारु गर्ने तयारीमा लागेको अध्यक्ष आसले जानकारी दिए ।
साधारण सभामा संचालक सदस्य विजयानन्द झा, दिनेश साह, डम्बर प्रसाद महतो लगायतले पनि लेखा परिक्षण, लेखा प्रतिवेदन तथा संस्थाको भावी कार्यक्रम लगायतका गतिविधिहरुबारे जानकारी दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ