News Category 2075/08/23
नेपाल सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
नेपाल सहकारी संस्था लिमिटेड राजविराजको १६ औं साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित सभामा अध्यक्षीय प्रतिवेशन पेश गर्दै संस्थाका अध्यक्ष शत्रुधन गुप्ताले संस्थाले आ.ब. २०७४÷७५ मा ३३ करोड २९ लाख ३४ हजार ७ सय ७५ रुँपैया ८ पैसा निक्षेप संकलन गरि ३१ करोड ५२ लाख २६ हजार ७५ रुँपैया फिर्ता गरेको तथा ४५ करोड २३ लाख १५ हजार ७ सय ५४ रुँपैया ऋण लगानी गरेको जनाएका छन् ।
यस्तै उक्त ऋण लगानी मध्येबाट ४२ करोड ६६ लाख १९ हजार ८ सय १६ रुँपैया असुल उपर गरी संस्थालाई ३६ लाख ७७ हजार १ सय ६८ रुँपैया ६९ पैसा खुद नाफा गरेको जनाइएको छ ।
यस्तै प्रतिवेदनमा चालु आ.ब.मा संस्थाको कार्यालय प्रयोजनका लागि आफ्नो जग्गामा भवन निर्माणको प्रक्रिया सूचारु गर्ने जनाइएको छ ।
प्रस्तुत प्रतिवेदनमा शेयर सदस्यहरुको क्षमता अभिबृद्धि र विकासका लागि विभिन्न किसिमको तालिम तथा गोष्ठीहरु संचालन गर्ने उल्लेख छ ।
संस्थामा कुल शेयर सदस्य संखया २ हजार ५ शेयर सदस्य संख्या रहेको छ भने कुल शेयर पुँजी १ करोड ७६ लाख ८१ हजार ७ सय रुँपैया रहेको संस्थाका व्यवस्थापक शंकर प्रसाद साहले जानकारी दिए ।
संस्थाका अध्यक्ष शत्रुधन गुप्ताको अध्यक्षतमा आयोजित तथा व्यवस्थापक शंकर प्रसाद साहद्वारा संचालित कार्यक्रममा शेयर सदस्यहरु सुरेन्द्र प्रसाद गुप्ता, मनोहर पोखरेल, रन्धिर कर्ण, मनिष दुगड लगायतले संस्थाको प्रगतिको निम्ति शुभकामना मन्तव्य व्यक्त गरेको थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ