News Category 2075/08/23
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नयाँ कार्य समितिका लागि सम्पन्न निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक सूमहका उम्मेदवार अधिवक्ता रमानन्द साह निर्वाचित भएका छन् ।
उनले १ सय १९ मत ल्याई प्रतिद्वन्द्वी प्रगतिशिल समूहका अधिवक्ता पूण्यप्रसाद यादवलाई पराजित गरे । अधिवक्ता यादवले ८१ मत पाएका थिए ।
१३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट ११ तथा प्रगितिशिल समूहका दुई जना निर्वाचित भएका छन् भने ११ जना केन्द्रिय पार्षदमा लोकतान्त्रिक समूहका ९ तथा प्रगतिशिल समूहका दुई जना निर्वाचित भए । यसअघि महिला सदस्यमा प्रगतिशिल समूहका पार्वती कुमारी राउत निर्विरोध निर्वाचित भएकी थिइन् ।
यता समितिको उपाध्यक्षमा प्रगतिशिल समूहका श्यामकुमार पोखरेलले १ सय ५ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका पार्वती कुमारी जोशीले ९५ मत प्राप्त गरेकी छिन् ।
यस्तै लोकतान्त्रिक समूहबाटै सचिवमा धीरेन्द्र कुमार यादव १ सय १५ र कोषाध्यक्षमा उपेन्द्र यादव १ सय २४ मत प्राप्त गरी विजयी भएका छन् भने सोही समूहका सदस्यहरुमा रामप्रकाश साह १ सय ५, सुरेन्द्र प्रसाद यादव १ सय २०, शंकर प्रसाद राय १ सय १६, कृष्णचन्द्र यादव ९३, भवेश गौतम १ सय २२, मिथिलेशचन्द्र लाभ ९६, जयप्रकाश साफी ८९ र लक्ष्मण ठाकुर ९७ मत प्राप्त गरी बिजयी भएका छन् ।
सो निर्वाचनमा प्रगतिशिल समूहकाबाट उम्मेदवारी दिएका सचिवमा मनोज देव ८३, कोषाध्यक्ष अजयकुमार चौधरी ७३ तथा सदस्यहरुमा रामप्रसाद यादव ८३, शत्रुध्न प्रसाद यादव ५६, पञ्चदेव यादव ७२, रामनारायण चौधरी ६३, राजकुमार टरैत ७९, प्रेमकुमार आले ७५, शत्रुध्न प्रसाद गुप्ता ५९, बालकृष्ण कार्की ८८ मत पाएका थिए ।
यसैगरि केन्द्रिय पार्षदमा लोकतान्त्रिक समूहका सुभाषचन्द्र यादव १ सय २७, डा. हेमकुमार मिश्र १ सय १, रन्धिर कर्ण १ सय १०, डा. चिरञ्जिवीलाल देव १ सय ३६, ललितेश्वर प्रसाद गुप्ता १ सय १५, राजकुमार साह ९३, बालकृष्ण ढुङ्गाना १ सय १९, देवनारायण चौधरी १ सय ६, दयानन्द गोइत १ सय २६ प्राप्त गरी विजयी भएका छन् ।
यता प्रगतिशिल समूहका पार्षदमा अनिल कुमार झाले ९८ र जयकुमार गोइतले ९३ मत प्राप्त गरी विजयी भएका छन् भने लोकतान्धिक समूहका उम्मेदवारी रामचन्द्र मण्डल ८९ र सन्तोष कुमार चमनले ७८ मत प्राप्त गरी पराजित भए ।
यस्तै केन्द्रिय पार्षदहरुमा प्रदिप कुमार मण्डल ६४, सुरेन्द्र प्रसाद साह ६९, देवनरायण मण्डल ८६, मनोहर पोखरेल ८७, विश्वनाथ देव ५१, बलबीर चौधरी बैश्य ६७ र उदयचन्द्र जैनले ८१ मत प्राप्त गरेका थिए ।
कुल मतदाता २ सय १४ जना मतदाता रहेको बार एशोसिएसनमा २ सय ३ जनाले मतदान गरेका थिए । सम्पन्न निर्वाचनमा दुबै समूह गरी २५ जनाले उम्मेदवारी दिएका थिए भने ११ सदस्यीय केन्द्रिय पार्षदका लागि २० जनाको उम्मेदवारी परेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ