News Category 2075/08/25
आगलागीबाट दश लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरीको बोदेबरसाईन नगरपालिका १ मा सोमबारराती आगलागी हुदा करिब दश लाख मुल्य बरावरको क्षति भएको छ ।
स्थानिय सत्यनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुदाँ निजको फुसको घर २ वटा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट सो घर भित्र राखिएको स ४ प ४१९३ नम्वरको यामाहा कम्पनिको मोटरसाईकल एक थान, नगद ८० हजार, आधा तोला सुन, ४० तोला चाँदी, एउटा रंगिन टी.भी., एउटा कम्प्युटर, एउटा क्यामरा र अन्नपात, लत्तकपडा भाडावर्तन गरी अन्दाजी दश लाख मुल्यबराबरको क्षति भएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जानकारी दिए ।
उक्त आगलागीमा मानविय तथा चौपायाहरुको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । यता आगोलाई स्थानियबासी ईलाका प्रहरी कार्यालय बोदेबरसाईबाट खटिएको प्रहरी टोलीले निभाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ