News Category 2075/08/27
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको कुनै पनि स्थानमा आगलागिका कारण वा विपतमा परेका व्यक्ति र परिवारकै घरमै पुगेर विगत लामो समयदेखी सप्तरीका समाजसेवी ई. सूर्य नारायण यादवले राहत प्रदान गर्ने गरेको कार्य सहनिय र स्वागत योग्य रहेको छ ।
यसै क्रममा ईं. यादव अध्यक्ष रहेका संस्था धर्मी हल्फा महिला विकास क्लबले जिल्लाको बोदे बर्साईन नगरपालिका १ धनगढीका अग्निपीडित परिवारलाई बिहीबार राहत प्रदान गर्दै सो कार्यलाई निरन्तरता दिएको छ ।
आगलागिबाट सर्वस्व गुमाई बिचल्लीमा रहेका अग्नीपीडित सत्यनारायण साहको परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् ।
सोही राहत प्रदान कार्यक्रममा पीडित साह परिवारलाई प्रदेश सभा सदस्य अभिषेक यादवले राहत वितरण गर्नुका साथै नगद रु. ५ हजार आर्थिक सहयोग समेत प्रदान गरे ।
मंसिर २४ गते अचानक घरमा कोहि नभएको बेला आगलागि हुदा साहको दस लाखभन्दा बढिको धनमालको क्षति भएको थियो ।
सोही कार्यक्रममा वडा नं. १ का अध्यक्ष धीरेन्द्र यादव, वडा नं. ३ का अध्यक्ष अनुज यादव र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनको प्रहरी सहायक निरीक्षक बल बहादुर राईलाई क्लबले सम्मानित गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ