News Category 2075/08/28
आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रबार साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएको छ भने करिब ४० लाख बराबरको क्षति भएको छ ।
गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रजकको २ घर प्रयोग रजकको २ घर र फुलिया देवी रजकको १ घर जलेर नष्ट भएको हो ।
सो आगलागीमा ४ पशु चौपाया जलेर मरेका छन भने छोरीको बिहेका लागी जम्मा गरेको फुलिया देवी रजकको घर सहित नगद ५० समेत जलेर नष्ट भएको छ । यता अन्य घरमा क्षति हुन नदिन छ्उका फुसको संरचना भएका २ वटा घर भत्काइएको छ ।
राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानिय बासी र प्रहरीको मदतले एक घण्टाको प्रयास पछि आगोलाई नियन्त्रण गरिएको थियो ।
आगलागीमा लत्ताकपडा भाडाकुडा खाद्यान, फर्निचर र नगद समेत गरी ४० लाख बराबरको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
आगलागीको कारण भने खुल्न नसकेको तथा सो बारे आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ