News Category 2075/08/28
आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रबार साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएको छ भने करिब ४० लाख बराबरको क्षति भएको छ ।
गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रजकको २ घर प्रयोग रजकको २ घर र फुलिया देवी रजकको १ घर जलेर नष्ट भएको हो ।
सो आगलागीमा ४ पशु चौपाया जलेर मरेका छन भने छोरीको बिहेका लागी जम्मा गरेको फुलिया देवी रजकको घर सहित नगद ५० समेत जलेर नष्ट भएको छ । यता अन्य घरमा क्षति हुन नदिन छ्उका फुसको संरचना भएका २ वटा घर भत्काइएको छ ।
राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र तथा स्थानिय बासी र प्रहरीको मदतले एक घण्टाको प्रयास पछि आगोलाई नियन्त्रण गरिएको थियो ।
आगलागीमा लत्ताकपडा भाडाकुडा खाद्यान, फर्निचर र नगद समेत गरी ४० लाख बराबरको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
आगलागीको कारण भने खुल्न नसकेको तथा सो बारे आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ