News Category 2075/09/02
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजको आइतबार सम्पन्न निर्वाचनबाट सभापति पदमा उमेश कुमार यादव (भौतिक शास्त्र) निर्वाचित भएका छन् ।
उनले शिवनरायण यादवलाई पराजित गरेका हुन् । अध्यक्ष यादवले ७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी शिवनारायण यादवले ३ मत प्राप्त गरे ।
सोही निर्वाचनबाट उसभापतिमा सुरेश कुमार साह निर्वाचित भएका छन् । उनले ७ तथा उनका प्रतिद्वन्द्वी शिवेन्द्र बहादुर सिंहले ४ मत प्राप्त गरे । त्यस्तै सचिव पदमा उमेश प्रसाद यादव (रसायन शास्त्र) ले ७ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामअशिष यादवले ४ मत प्राप्त गरे । यसैगरि सहसचिवमा मानवकुमार अधिकारी र कोषाध्यक्षमा बुलबुल चौधरी सर्वसम्मतिबाट चयन भएका छन् ।
यस्तै सदस्यहरुमा पराजित भएका शिवनारायण यादव, शिवेन्द्र बहादुर सिंह, रामअशिष यादवलगायत सुमन प्रसाद सिंह, महानन्द झा, राजिव कुमार मिश्र सदस्यमा चयन भएको निर्वाचन समितिका सदस्य सुरेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।
एकल संक्रमणिय पद्दतीद्वारा मंसिर २१ गते सम्पन्न निर्वाचनले ११ सदस्यीय पदाधिकारी चयन गरेसँगै सोही सदस्यहरुबीच आइतबार अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरुका लागि निर्वाचन सम्पन्न भएको निर्वाचन समितिका सदस्य गुप्ताले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ