News Category 2075/09/02
आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
पेशागत स्थायित्व र कर्मचारी ंसमायोजनका लागी सबै कर्मचारीबीच समान व्यवहार नभएको भन्दै स्थानिय तहका कर्मचारी आन्दोेलनमा उत्रेका छन ।
स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो ।
सप्तरीका विभिन्न स्थानिय स्तरका क्रियाशिल सबै संघ, संगठन, यूनियन, एशोसिएशनहरुको संयुक्त आन्दोलन परिचालन समितिको शनिबार सम्पन्न बैठकले विभिन्न ११ बुँदे माँग राख्दै सो आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलन परिचालन समिति सप्तरीका संयोजक कमलेश्वर बिराजी, डिन सप्तरीका अध्यक्ष इन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य खुर्सैद इकराम, नेनापा एशोसिएशनका केन्द्रिय सदस्य उमेश प्रसाद यादव, प्रधुम्न पोखरेल र प्रदेश २ का प्रादेशिक समिति सचिव गंगाराम साहद्वारा जारि विज्ञप्तिमा पुस १ गतेदेखी माँगहरु पुरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार पुस २ गते सांकेतिक बिरोध स्वरुप देशभरका स्थानिय तहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना बस्ने, ३ गते बिहान १० बजेदेखी १२ बजेसम्म स्थानिय तहका कार्यालयहरुमा कालोपट्टी बाँधेर कामकाज ठप्प पार्ने, ४ गते २ बजेसम्म काकमकाज ठप्प, ५ गते ३ बजेसम्म कामकाज ठप्प, ६, ७, ८, ९ र १० गते दिनभर कामकाज ठप्प र ११ गते बिरोधसभा गर्ने निर्णय भएको छ ।
स्थानिय तहमा अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालकलाई सर्वोच्च अदालतद्वारा २०७४ साल पुस २१ गतेको फैसला आदेशको कार्यान्वयन हुनुपर्ने, स्थानिय निकायका कर्मचारीको स्थायित्व साथै सेवा निरन्तरताको व्यवस्था, साविक स्थानिय निकायका श्रेणी बिहीन कर्मचारीहरुको स्तरबृद्धि र तहको बढुवा लगायत बृत्ति विकास तत्काल लागु गर्नुपर्ने लगायतका माँगहरु रहेको छ ।
यता आन्दोलनवाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमायाचना गर्दै विज्ञप्तिमा जायज माग. पुरा गराउन सम्पुर्ण राजनैतिक दल, पेशागत संघ–सगठन, पत्रकार, अधिकारकर्मी, जनप्रतिनिधी र नागरिक समाजसग सहयोगका लागी आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ