News Category 2075/09/02
आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
पेशागत स्थायित्व र कर्मचारी ंसमायोजनका लागी सबै कर्मचारीबीच समान व्यवहार नभएको भन्दै स्थानिय तहका कर्मचारी आन्दोेलनमा उत्रेका छन ।
स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो ।
सप्तरीका विभिन्न स्थानिय स्तरका क्रियाशिल सबै संघ, संगठन, यूनियन, एशोसिएशनहरुको संयुक्त आन्दोलन परिचालन समितिको शनिबार सम्पन्न बैठकले विभिन्न ११ बुँदे माँग राख्दै सो आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलन परिचालन समिति सप्तरीका संयोजक कमलेश्वर बिराजी, डिन सप्तरीका अध्यक्ष इन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य खुर्सैद इकराम, नेनापा एशोसिएशनका केन्द्रिय सदस्य उमेश प्रसाद यादव, प्रधुम्न पोखरेल र प्रदेश २ का प्रादेशिक समिति सचिव गंगाराम साहद्वारा जारि विज्ञप्तिमा पुस १ गतेदेखी माँगहरु पुरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अनुसार पुस २ गते सांकेतिक बिरोध स्वरुप देशभरका स्थानिय तहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना बस्ने, ३ गते बिहान १० बजेदेखी १२ बजेसम्म स्थानिय तहका कार्यालयहरुमा कालोपट्टी बाँधेर कामकाज ठप्प पार्ने, ४ गते २ बजेसम्म काकमकाज ठप्प, ५ गते ३ बजेसम्म कामकाज ठप्प, ६, ७, ८, ९ र १० गते दिनभर कामकाज ठप्प र ११ गते बिरोधसभा गर्ने निर्णय भएको छ ।
स्थानिय तहमा अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालकलाई सर्वोच्च अदालतद्वारा २०७४ साल पुस २१ गतेको फैसला आदेशको कार्यान्वयन हुनुपर्ने, स्थानिय निकायका कर्मचारीको स्थायित्व साथै सेवा निरन्तरताको व्यवस्था, साविक स्थानिय निकायका श्रेणी बिहीन कर्मचारीहरुको स्तरबृद्धि र तहको बढुवा लगायत बृत्ति विकास तत्काल लागु गर्नुपर्ने लगायतका माँगहरु रहेको छ ।
यता आन्दोलनवाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमायाचना गर्दै विज्ञप्तिमा जायज माग. पुरा गराउन सम्पुर्ण राजनैतिक दल, पेशागत संघ–सगठन, पत्रकार, अधिकारकर्मी, जनप्रतिनिधी र नागरिक समाजसग सहयोगका लागी आग्रह समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ