News Category 2075/09/02
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै आन्दोलनमा होमिएका स्थानिय तहका कर्मचारीका कारण सोमवार सप्तरीको सम्पूर्ण स्थानीय तहको कामकाज ठप्प भएको छ ।
कर्मचारीहरुले आन्दोलनका कार्यक्रम अनुसार सोमबार स्थानिय तहका कार्यालयहरुमा कामकाज बन्द गरेर कार्यालय परिसरमा धर्ना दिएका छन् । आन्दोलनका कारण सेवाग्राहीहरुलाई सास्ती व्यहोर्नु परेको छ ।
जिल्लाको १८ वटै स्थानीय तहका कार्यालयमा बिहान १० बजे कामकाज ठप्प पारी कर्मचारीहरु धर्नामा बसेका हुन् ।
अध्यादेश मार्फत ल्याएको ऐनले साविक स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकास, प्रोत्साहन, र मनोवल घटाउने काम गरेको तथा लामो समयदेखि करार, अस्थायी र ज्यालादारीमा सेवारत कर्मचारीहरुको सेवा सुरक्षा प्रत्याभूति नगराएको भन्दै स्थानीय तहका कर्मचारीहरु देशव्यापी रुपमा आन्दोलित भएको आन्दोलन परिचालन समितिका सल्लाहकार उमेश कुमार यादवले बताए ।
माग पुरा नभएसम्म आन्दोलन जारीरहने उनको भनाई छ । आन्दोलन परिचालन समितिले ३ पुषमा दुई घण्टा कामकाज ठप्प, ४ पुषमा चार घण्टा कामकाज ठप्प र ५ पुषदेखि १० पुषसम्म लगातार पुरै कार्यालय समयसम्म कामकाज ठप्प पार्ने लगायतका पहिलो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिसकेका छन् ।
११ पुषमा विरोध सभा गरी दोश्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिने तयारी गरिएको आन्दोलन परिचालन समितिका सल्लाहकार यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ