News Category 2075/09/02
राजविराज वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
राजविराज नगरपालिका वडा नं. ५ लाई सोमबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले वृक्षारोपण तथा कार्यक्रमको ब्यानर पढेर सो वडालाई बाल विवाह मुक्त वडा घोषणा गरे ।

घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री साहले मधेशमा विकृतिको रुपमा देखापरेको बाल विवाह अन्त्यका लागि वडा ५ ले गरेको प्रयास सराह्निय रहेको भन्दै यसबाट अन्य वडाले पनि सिकाई गर्नु पर्ने बताए ।
५ सय ६० घरधुरी भएको यस वडामा गत आर्थिक बर्षमा ३० वटा बिवाह भएको र २० वर्ष लागू भए यता नयाँ नियम अनुसार ५ वटा बालबिवाह मात्र भएको तथ्याङ्क अनुसार यस वडा बाल बिवाह मुक्त घोषणा गरिएको वडा अध्यक्ष समीर कुमार झाले बताए ।
वालबिवाह मुक्त वडा घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष समिर ले २० बर्ष पूरा नगरी विवाह गर्नाले बच्चा र आमा को प्रजनन अंगको बिकास नभएकोले दुबै जान खतरामा पर्ने भएकोले कलिलो उमेर विवाह गर्न नहुने बताए ।

वालविवाह गर्नले वडा कार्यालयबाट पाउने सेवा सुबिधा नपाउने साथै त्यस परिवार कुनै पनि सदस्यहरूले बृद्व तथा समाजिक सुरक्षा भत्ता र शैक्षिक छात्रबृतिबाट बन्चित गर्ने बताए ।
“बाल विवाह, जिन्दगी तबाह” नाराका साथ सुरु भएको घोषणा सभामा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, प्रध्यानापक अरुण कुमार झा, सामुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हितनारायणलाल दास, वडा सदस्य पार्थाे सरकार, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रयाग यादब, युवा नेता लक्ष्मण यादब, सेभ द सप्तरीका सचिव नरेन्द्र यादब, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक केदार साह, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, पबि माबि बाल क्लवका अध्यक्ष नेहा मिश्रा, बाल संजालका अनिषा ठाकुर लगायतले बालविवाह मुक्त वडा घोषणा सँगै यसको कार्यान्वयन र निरन्तरता दिनुपर्नेमा भन्दै शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ