News Category 2075/09/04
कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिँदै
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
दुई दिनदेखी विभिन्न माँग राख्दै आन्दोलनमा उत्रेका स्थानिय तहका कर्मचारीहरुले मंगलबार दुई घण्टा आ–आफ्नो कार्यालय परिसरमै धर्ना बसेका छन् ।
संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै आन्दोलनमा होमिएका स्थानिय तहका कर्मचारीहरुले पुस ११ गतेसम्म पहिलो चरणका आन्दोलनकाका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।
जसकारण सम्पूर्ण स्थानीय तहको कामकाज दुई घण्टा ठप्प भएको छ । बिहान १० बजेदेखी १२ बजेसम्म कामकाज ठप्प पार्दै धर्नामा बसेका कर्मचारीका कारण सेवाग्राहीहरुले १२ बजेपछि मात्र कामकाज गराएका थिए ।
अध्यादेश मार्फत ल्याएको ऐनले साविक स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकास, प्रोत्साहन, र मनोवल घटाउने काम गरेको तथा लामो समयदेखि करार, अस्थायी र ज्यालादारीमा सेवारत कर्मचारीहरुको सेवा सुरक्षा प्रत्याभूति नगराएको भन्दै स्थानीय तहका कर्मचारीहरु देशव्यापी रुपमा आन्दोलित भएका हुन् ।
आन्दोलनका कार्यक्रम अनुसार पुस ४ गते चार घण्टा कामकाज ठप्प र पुस ५ देखि १० सम्म लगातार पुरै कार्यालय समयसम्म कामकाज ठप्प पार्ने भएका छन् । यस्तै पुष ११ मा विरोध सभा गरी दोश्रो चरणका आन्दोलन कार्यक्रम घोषणा गरिने आन्दोलन परिचालन समितिका सल्लाहकार उमेश यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ