News Category 2075/09/04
ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग

दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
सप्तरीको बोदेबर्साईन नगरपालिका २ की ललकु देबी पासवानको उपचारका लागि एक संस्थाले ७५ हजार नगद सहयोग गरेको छ ।
नेपालबाट बैदेशिक रोजगारीका लागि कतारमा कार्यरत युवाहरुले “ललकु देबी बचाउ” अभियान संचालन गरी श्री सलहेश सेवा समाज मार्फत उक्त रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको सहयोगी संस्थाका केन्द्रिय अध्यक्ष दुर्गा नन्द पासवानले जानकारी दिए ।
बिगत केही बर्ष देखि अल्सर, जोन्डिस तथा बबासिर रोग लागेकोले उनको आर्थिक अबस्था समेत कमजोर भएका कारण उपचार गराउन कठिनाई भएको थियो ।
मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने, बेहोस हुने समस्याबाट पीडित रहेकी ललकु देबी बिगत ३ बर्षदेखि लहान, दरभंगा तथा बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आएकी थिईन् ।
आर्थिक अवस्था कमजोर भएको ललकुको उपचारका लागि ५ लाख रकम खर्च हुने चिकित्सकहरुले बताएपछि उनको उपचारको सहयोगको याचना भन्ने बिषयमा प्रकासित समाचारको आधारमा सो संस्थाले राहत संकलन गरेको हो ।
कतारस्थित कार्यरत कामदार तथा श्री सलहेश सेवा समाजका दुर्गा नन्द पासवान, राम उदगार राम लगायतका पदाधिकारीहरुको नेतृत्वमा संचालित “ललकु देबी बचाउ” अभियान मार्फत संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ