News Category 2075/09/03
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
एम्नेष्टी ईन्टरनेश्नल नेपाल समुह ३० राजविराजले अन्तराष्ट्रिय आप्रावशन दिवसको अवसरमा मंगलबार राईट फर राईट अभियान अन्तर्गत सप्तरीको एक विद्यालयमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित जनता मावि तोपामा अभियान अन्तरगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको समूह ३० का संयोजक नवीन कुमार गुप्ताले जानकारी दिएका छन् ।
समूह ३० राजविराजका संयोजक नवीनकुमार गुप्ताको अध्यक्षता तथा समूहका सल्लाहकार शम्भुनन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न हस्ताक्षर कार्यक्रममा १ सय ५० बढी विद्यार्थी तथा अभिभावकहरुले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा समूहका संयोजक गुप्ताले विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न देशमा बनाइएको आस्थाका बन्दीहरुको रिहाईका लागि सो हस्ताक्षर संकलन गरिएको जानकारी दिदै एम्नेष्टीले मानवको अधिकारका निम्ति अभियान नै चलाएको जिकिर गरे । मुलकभरी बढ्दै गएको विभिन्न हिंसा त्यसमा पनि महिला हिंसालाई न्यूनिकरण गर्न जनचेतना अझै आवश्यक रहेको उनले औल्याए ।

कार्यक्रममा समुहका सहसंयोजक मिथिलेश यादव, सदस्यहरु प्रदीप मेहता, राजेश झा, गोपाल गुप्ता लगायतले महिला हिंसा, मानवअधिकारको उल्लंघन तथा विभिन्न हिंसा हुन नदिनका लागि जनचेतना अपूग रहेकोले यसप्रति सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ