News Category 2075/09/07
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको रुपनी गाउँपालिकाका हात्ती पीडितहरुलाई धर्मी हल्फा महिला विकास क्लबले शुक्रबार राहत प्रदान गरेको छ ।
क्लबले रुपनी गाउपालिका ६ निवासी कामीसिंह तामाङ, दान बहादुर विश्वकर्मा तथा डिक बहादुर मगर र जिल्लाकै अग्नीसाईर अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी जमुना तामाङलाई सो राहत प्रदान गरिएको हो ।
आयोजित एक कार्यक्रमबीच प्रति परिवार राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि र पन्यु प्रदान गरिहएको संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सो कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ, आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवं पत्रकार बृजमान तामाङ र रुपनी गाउपालिका ६ का अध्यक्ष गोबिन्द सिंह थापाले संयुक्त रूपमा राहत वितरण गरे ।
कार्यक्रममा क्लवले राहत वितरणका साथै आ–आफ्ना कार्यक्षेत्रमा आदिबासी जनजातिको हकहित र अधिकार तथा पत्रकारिता क्षेत्रमा सहनिय योगदान पु¥याउने बृजमान तामाङ, समाजसेवा तथा क्रिकेटमा योगदान प¥याउने आयुष श्रेष्ठ र राजनीतिमार्फत जनसेवा गर्दै गरेका गोबिन्द सिंह थापालाई सम्मान समेत गरिएको अध्यक्ष यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ