News Category 2075/09/08
किर्ते नागरिकता प्रकरणमा कारागारमा रहेका भारतीय नागरिक अग्रवालको मृत्यु
राजविराज÷किर्ते नागरिकता प्रकरणमा राजविराज कारागारमा पूर्पक्षका लागि रहेका एक भारतीय नागरिकको शुक्रबार साँझ मृत्यु भएको छ ।
कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको हो ।
अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ ।
मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामी अग्रवाललाई अकस्मात् पेट दुखेपछि तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् ।
अग्रवालकी श्रीमती मोनिका समेत कीर्ते नागरिकतामा फरार रहेकाले श्रीमान्को शव बुझ्न आएकी छैनन् । भारतको हरियाणा जिल्ला इशार नगरपालिका उगालन ग्राम पञ्चायतका अग्रवालले कर्मचारीको मिलेमतोमा २०६४ मंसिर २५ गते नागरिकताको प्रतिलिपि लिएको भन्दै सप्तरी प्रहरीले कारवाही चलाएको थियो ।
राजविराज नगरपालिका १ घर खुलाई वंशजको आधारमा २०५२ असार १५ गते ५९४३२ नम्बरको नेपाली नागरिकता लिएको झुठा अभिलेख विवरण खडा गरी नागरिकताको प्रतिलिपि दिएको आरोपमा अग्रवालसमेत तीन जना कर्मचारीमाथि समेत मुद्दा चलिरहेको छ ।
नागरिकता प्रतिलिपिका लागि अनुसूची फारममा सही गरेको आरोपमा राजविराज नगरपालिकाका तत्कालीन वडासचिव राजकुमार देव, अनुसूचीको पछाडि हुँदै नभएको अभिलेखको व्यहोरा भनी लेखेको आरोपमा तत्कालीन फाँटवाला भगवान दाहाल र अभिलेख रुजु नगरी प्रतिलिपि जारी गरेको आरोपमा प्रशासकीय अधिकृत जनक कोइरालामाथि समेत कारवाही चलिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ